शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सेक्युरिटी प्रिन्टिङ प्रणाली खरिदमा भ्रष्टाचार : मिलेमतोमा नेपालमा ठेक्का, सिंगापुरमा घुस, विकलसँगै अकबर हुसेनविरुद्ध मुद्दा

images
आइतबार, वैशाख ३० २०८१
images
सेक्युरिटी प्रिन्टिङ प्रणाली खरिदमा भ्रष्टाचार : मिलेमतोमा नेपालमा ठेक्का, सिंगापुरमा घुस, विकलसँगै अकबर हुसेनविरुद्ध मुद्दा

बजेट कार्यक्रम स्पष्ट नभएको, लिनुपर्ने ठाउँबाट अनुमति नलिएर सुरक्षित मुद्रण प्रणाली खरिदका लागि टेन्डर आव्हान गरेको पाइएको अख्तियारको अनुसन्धानबाट देखिएको छ।

images
images

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को मुद्दा दायर गरेको  छ। 

images
images
images

यसअघि नै भ्रष्टाचारका दुई मुद्दा दायर गरिसकेको अख्तियारले पौडेलविरुद्ध फेरि अर्को मुद्दा दायर गरेको हो। 

images
images

केन्द्रअन्तर्गतको सेक्युरिटी प्रिन्टिङका लागि आवश्यक सफ्टवेयर तथा उपकरण खरिदका लागि भन्दै गरिएको टेन्डरमा मिलेमतो गरिएको, राज्यमाथि अनावश्यक भार पारिएको अख्तियारको अनुसन्धानबाट देखिएको छ। 

images
images

बजेट कार्यक्रम स्पष्ट नभएको, लिनुपर्ने ठाउँबाट अनुमति नलिएर सुरक्षित मुद्रण प्रणाली खरिदका लागि टेन्डर आह्वान गरेको पाइएको अख्तियारको अनुसन्धानबाट देखिएको छ। 

विकल पौडेलले यो खरिदका क्रममा मिलेमतोमा ठेक्का दिनका लागि सूचीकरणदेखि स्पेशिफिकेसन पनि एउटामात्र कम्पनीलाई मिल्ने बनाइएको पाइएको छ। 

सूचना प्रविधिको व्यापारमा सेटिङमा एकछत्र व्यापार पाउँदै गरेको म्याक्स इन्टरनेसनलसँग मिल्नेगरी कागजपत्र बनाएको र उसैले काम पाएको थियो। 

नेपालमा मिलेमतोमा काम दिने त्यसबापतको घुस सिंगापुरमा रहेको कम्पनी बनकोटेक नामको कम्पनीले विकल पौडेल सिंगापुरको युनाइटेड ओभरसिज बैंकको खातामा र उनकी श्रमतीको बैंक अफ अमेरिकाको खातामा हालिदिएको पाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। 

नेपालमा मिलेमतोबाट ठेक्का दिने र सिंगापुरबाट घुस बुझ्ने गरेको पाइएको छ। यो अभियोगमा अख्तियारले पौडेलसँगै सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ तथा वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नविन कुमार पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेको छ। 

मिलेमतोमा संलग्न भइ भ्रष्टाचारको मतियार भएको भन्दै म्याक्स इन्टरनेसनल र अकबर हुसेनलाई पनि विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८११६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend