शुक्रबार, जेठ ४ गते २०८१    
images
images

चिप्स अभाव : कार उत्पादन पर्याप्त नहुँदा सिजनमै अर्बौं गुमाउँदै उत्पादक, नेपालमा पनि असर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
images
images
चिप्स अभाव : कार उत्पादन पर्याप्त नहुँदा सिजनमै अर्बौं गुमाउँदै उत्पादक, नेपालमा पनि असर

कोरोनाको दोस्रो लहर विश्भर नै करिब मत्थर हुँदै गएको छ। तर पनि कोरोनाको दुवै लहरका कारण सिर्जित लकडाउनपछि धेरै उत्पादनहरुको ‘चेन’ भत्किएको छ। जसको असर बजार सामान्य हुँदासमेत परिनै रहको छ।

images
images

काठमाडौं- कोरोना भाइरसका कारण विश्वभर नै भएको लकडाउनका कारण जनजीवन नै अस्तव्यस्त बन्यो। औषधिजन्य र खाद्य बाहेकका सबै उत्पदन र उपभोग ठप्प रह्यो। 

images
images
images

कोरोनाको दोस्रो लहर विश्भर नै करिब मत्थर हुँदै गएको छ। तर पनि कोरोनाको दुवै लहरका कारण सिर्जित लकडाउनपछि धेरै उत्पादनहरुको ‘चेन’ भत्किएको छ। जसको असर बजार सामान्य हुँदासमेत परिनै रहको छ। यसको उदाहरण कार उत्पादन हो।

images

अहिले विश्वभरका कार उत्पादकहरूले कार उत्पादनमा प्रयोग हुने ‘माइक्रो चिप्स’को अभाव खेपिरहेका छन्। लकडाउनपछि सबै उत्पादन ठप्प रहेको र त्यसपछि खुलेको बजारमा कारको माग उच्च भएकाले भत्किएको उत्पादन र सप्लाइ चेनको सन्तुलन मिल्न सकेको छैन।

images
images

यो असरबाट भारतीय अटोमोबाइल बजार पनि उत्रिन सकेको छैन। चाडपर्वको सिजनमा भारतमा कारको माग उच्च हुने गरेको छ। यो वर्षको चाडपर्व सिजनमा भारतीय कार बजारमा माग र आपूर्तीबीचको अन्तर करिब १ लाख वटा कार\एसयुभी हुने अनुमान उत्पादकले गरेको इकोनोमिकटाइम्सले लेखेको छ।

images
images

अक्टोबरदेखि दिवालीको सयम नोभेम्बरसम्म भारतीय कार उत्पादकहरुले मागअनुसार उत्पादन गर्न नसक्दा डढे अर्ब अमेरिकी डलरसम्मको व्यापार गुमाउँदै छन्। कार उत्पादन गर्न नसक्नुको कारण चिप्स अभाव नै हो।

सेप्टेम्बरको अन्त्यसम्ममा भारतीय कार उत्पादनकहरुले १ लाख ८०/९० हजारसम्म कार र एसयुभी उत्पादन गरि बजार पठाउने छन्। यो अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत कम हो।

पछिल्लो ५ वर्षको सेप्टेम्बर महिनाको औषत उत्पादन २ लाख ७९ हजार वटा कार तथा एसयुभी रहेको छ। चाडपर्व सुरु हुनुपूर्वको स्टक पनि यो वर्ष सबैभन्दा कम अर्थात करिब २ लाख देखि २ लाख ५० हजार वटासम्म मात्र छ। 

गत वर्ष नवरात्रीदेखि दिवालीसम्मको ४० दिनमा भारतमा ४ लाख ५५ हजार वटा कार बिक्री भएको थियो। 

कार उत्पादकहरूले सेप्टेम्बरका लागि २ लाख २५ हजार वटा कार उत्पादनको योजना बनाएका छन्। जबकि गत वर्ष सेप्टेम्बरमा ३ लाख ४० हजारवटा कार उत्पादन भएको थियो। 

चाडपर्वका लागि कारको माग उच्च रहे पनि उत्पादन बढाउन नसक्ने अवस्था रहेको कार उत्पालदकहरुले बताएका छन्।

भारतमा कार उत्पादन बढ्न नसक्दा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परिरहेकाे छ। नेपाल आउने ८० प्रतिशतभन्दा बढी सवारी भारतमै उत्पादन हुन्छन्। कोरोना भाइरसको दोस्रो लहरसँगै जारी निषेधाज्ञा खुलेपछि सवारी बजार चलायमान देखिएको छ। 

दसैँतिहार नजिकिँदै गर्दा सवारीसााधनको माग स्वभाविक रुपमा वृद्धि हुने गरेको छ। लकडाउन खुलेपछि पनि उपभोक्ताले रोजेको कार किन्न केही समय पर्खनु पर्ने अवस्था छ।

भारतमा पनि चाडपर्व सिजन आएको र नेपालमा समेत त्यही समयमा दसैँतिहार आनउने भएकाले कारको माग र आपूर्ती सन्तुलन निल्न गाह्रो हुने सवारी बिक्रेताहरुको छातासंस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।

यो वर्षको दसैँतिहारमा उपभोक्ताले कर बुकिङ गरे पनि डेलिबरी पाउनका लागि केही महिना पर्खनु पर्ने अवस्था आउने नाडाको भनाइ छ। 

नेपालमा दसैँतिहारलाई लक्षित गर्दै नाडाले गर्दै आएको अटो शो समेत कोरोनाका कारण दुई वर्षदेखि हुन सकेको छैन।  

  


प्रकाशित : आइतबार, भदौ २७ २०७८०७:४९
  • सम्बन्धित विषय:

  • # चिप्स अभाव
  • # कार उत्पादक
  • # नाडा
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend