शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

मौद्रिक नीतिको तेस्रो समीक्षा आज आउने, गभर्नरले बोलाए सञ्चालक समिति बैठक

शुक्रबार, जेठ ४ २०८१
मौद्रिक नीतिको तेस्रो समीक्षा आज आउने, गभर्नरले बोलाए सञ्चालक समिति बैठक

गभर्नर कार्यालयमा गएको तेस्रो मौद्रिक समीक्षाका मुख्य बुँदाहरू छलफल गरी समीक्षा सार्वजनिक गर्नका लागि गभर्नर अधिकारीले सञ्चालक समितिको बैठक आह्वान गरेका हुन्।

काठमाडौं- राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा आज (शुक्रबार) जारी गर्ने भएको छ। राष्ट्र बैंकले तयार पारेको मौद्रिक समीक्षाको विषयवस्तुमाथि छलफलका लागि गभर्नर महाप्रसाद अधिकारीले शुक्रबारका लागि संचालक समितिको बैठक बोलाएका छन्। 

राष्ट्र बैंकको अनुसन्धान विभागले चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकका आधारमा मौद्रिक नीतिको समीक्षा तयार पारी सम्बन्धित विभागसँग छलफल गरेको थियो। राष्ट्र बैंकको विभागपछि व्यवस्थापन समितिमा छलफल सकेर मौद्रिक नीतिको समीक्षा गभर्नर कार्यालयमा पठाइएको छ।
 
गभर्नर कार्यालयमा गएको तेस्रो मौद्रिक समीक्षाका मुख्य बुँदाहरू छलफल गरी समीक्षा सार्वजनिक गर्नका लागि गभर्नर अधिकारीले सञ्चालक समितिको बैठक आह्वान गरेका हुन्। 

चालु आर्थिक वर्षको सकिन दुई महिना मात्रै बाँकी रहेकाले गभर्नर अधिकारीले मौद्रिक नीतिमा खासै ठूलो परिवर्तन गर्ने सम्भावना छैन। यद्यपी बजारलाई राष्ट्र बैंक मौद्रिक नीतिमा क्रमश: लचिलो हुँदै गएको सन्देश प्रवाह गर्नेगरी सामान्य संशोधन हुनसक्ने राष्ट्र बैंक स्रोतले बतायो। 

'मौद्रिक नीतिको तेस्रो समीक्षाका लागि राष्ट्र बैंकले भोलि बिहान सञ्चालक समितिको बैठक आह्वान गरेको छ। तेस्रो समीक्षा भएकाले ठूलो संशोधनको सम्भावना कम छ। तर राष्ट्र बैंक लचिलो हुँदै गएको सन्देश प्रवाह गर्नका लागि सामान्य नीतिगत परिवर्तन हुन सक्छ', स्रोतले भन्यो। 

बैंकहरूको ब्याजदर घटेर एकल अंकमा आइसकेकाले ब्याजदर कोरिडोरमा परिवर्तन हुने सम्भावना न्यून छ। ब्याजदर कोरिडोरमा परिवर्तन भएपनि आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। 

यद्यपी बैंक वित्तीय संस्थाहरूले आफ्नो वित्तीय विवतरणमा दबाब रहेकाले सामान्य नाफा रहनेगरी खराब कर्जा प्रोभिजनिङका सीमाहरू र काउन्टर साइक्लिकल बफरमार्फत थप गर्न लागिएको ०.५ पुँजी तत्काल कार्यान्वयनमा नल्याउन माग राखिरहेका छन्। 

यस्तै २०७८ अर्धवार्षिक समीक्षामार्फत मौद्रिक नीतिमा गरिएको कडाइहरू हटाउने उपयुक्त समय रहेको उनीहरूले बताइरहेका छन्।

ब्याजदरमाथि लगाइएको क्याप, ओभरड्राफ्ट कर्जा, ट्रस्ट रिसिप्ट कर्जा, सेयर कर्जा, रियलस्टेट कर्जा र हायरपर्चेज कर्जाको जोखिमभार पुरानै अवस्थामा ल्याउने उपयुक्त समय रहेको बैंकर्सले सुझाव दिइरहेका छन्। 

गभर्नरले बैंकर्सको सुझावप्रति सकरात्मक देखिएपनि कुनै पनि प्रतिकृया दिएका छैनन्। गभर्नरको स्वभाव अनुमान गर्न नसकिने भएकाले अन्तिम समयमा फरक तरिकाले मौद्रिक समीक्षा आउन सक्ने बैंकर्स बताउँछन्। 

मौद्रिक क्षेत्र सहज रहेको राष्ट्र बैंकको निष्कर्ष, तेस्रो समीक्षामा ठूलो फेरबदल नगर्ने पक्षमा गभर्नर अधिकारी मौद्रिक क्षेत्र सहज रहेको राष्ट्र बैंकको निष्कर्ष, तेस्रो समीक्षामा ठूलो फेरबदल नगर्ने पक्षमा गभर्नर अधिकारी काउन्टर साइक्लिकल बफर र प्रोभिजनिङका सीमा नघटाए संरचनात्मक समस्यामा फस्दै बैंक वित्तीय संस्था काउन्टर साइक्लिकल बफर र प्रोभिजनिङका सीमा नघटाए संरचनात्मक समस्यामा फस्दै बैंक वित्तीय संस्था


प्रकाशित : शुक्रबार, जेठ ४ २०८१०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend