शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

लयमा फर्कंदै अन्तर्राष्ट्रिय उडान, सातामा १२१ उडान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
लयमा फर्कंदै अन्तर्राष्ट्रिय उडान, सातामा १२१ उडान

कोभिडका कारण ठप्प भएको अन्तर्राष्ट्रिय उडानमा अहिले चहलपहल सुरु भएको छ। अहिले दैनिक ३० वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिएका छन्।

काठमाडौं- कोभिडका कारण ठप्प भएको अन्तर्राष्ट्रिय उडानमा अहिले चहलपहल सुरु भएको छ। अहिले दैनिक ३० वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिएका छन्।

तिवारीका अनुसार उडान संख्या क्रमश बढेको छ। तर, कतिपय गन्तव्यमा पनि अझै नियमित उडान हुन छैन।

मलेसिया, सिंगापुर, चीन तथा कोरिया लगायतको गन्तव्यमा अहिले पनि नियमित उडान हुने नसकेको उनको भनाइ छ। यसबाहेकका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर हुँदै आएको गन्तव्यमा भने उडान सुरु भएको तिवारी बताउँछन्।

तिवारीका अनुसार सेप्टेम्बर महिनामा १४ वटा एयलाइन्सले उडान तालिका स्वीकृत गरेका छन्। जसमा एयरअरेबियाले युएईको सारजाहमा दैनिक २ उडान गरी सातामा १४ र एयर अरेबिया आबुदाबी एयरलाइन्सले काठमाडौं दैनिक ७ वटा उडानको अनुमति लिएको छ।

यसैगरी एयर इन्डियाले भारतीको दिल्लीमा सातामा ३ र फ्लाई दुबईले दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा १० उडान अनुमति पाएको छ।

यसैगरी हिमालयले मलेसियामा सातामा ६, कतारमा ७ र दबुईमा ६ उडानको अनुमति लिएको छ। यसैगरी जजिराले कुबेतमा दैनिक एक उडान गरी सातामा ७ वटा, कोरियन एयरको सातामा १ उडान, मालिन्दो एयरलाइन्सले सातामा मलेसिया काठमाडौं ४ र मलेसियन एयरको सातामा एक दिने उडान हुने भएको छ।

यसैगरी, नेपाल एयरलाइन्सले कतार सातामा ७ दिन, दुबई सातामा ४, मलेसिया ३ वटा, दिल्ली सातामा ७ वटा, जापान सातामा १ उडान र हङकङ सातामा १ उडान हुने भएको छ।

यसैगरी, कतार एयरवेजको सातामा २१ उडान, सलाम एयरको मस्कट सातामा ३ वटा उडान, टर्किस एयरलाइन्सको सातामा ३ उडान, सिंगापुरको सिंगापुरबाट सातामा ३ उडान र श्रीलंकबाट श्रीलंकन एयरको २ उडान गर्नेगरी अनुमति पाएको छ।


प्रकाशित : बिहीबार , भदौ २४ २०७८११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend