शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

यात्रु संख्या बढेपछि उडान संख्या बढाउँदै श्रीलंकन एयरलाइन्स 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
यात्रु संख्या बढेपछि उडान संख्या बढाउँदै श्रीलंकन एयरलाइन्स 

यात्रुको माग बढ्दै गएपछि उडान संख्या बढाउन लागिएको काठमाडौँस्थित एयरलाइन्सको जिएसएका प्रतिनिधि दीपक मैनालीले जानकारी दिए। 

काठमाडौं- श्रीलङ्काको कोलम्बोबाट काठमाडौं नियमित उडान सुरु गरेको एक महिनामै श्रीलंकन एयरलाइन्सले उडान संख्या थप गर्ने भएको छ। 

यात्रुको माग बढ्दै गएपछि उडान संख्या बढाउन लागिएको काठमाडौँस्थित एयरलाइन्सको जिएसएका प्रतिनिधि दीपक मैनालीले जानकारी दिए। 

'यात्रुको माग बढेपछि एयरलाइन्सले उडान संख्या बढाउन भएको छ। २७ सेप्टेम्बरदेखि हप्तामा २ बाट ४ उडान बनाइने छ' उले विजनेसन्युजसँग भने। 

हाल मंगलबार र शनिबारमात्रै उडान गर्दै आएको एयरलाइन्सले अरु उडान कुन बारमा गर्ने भन्ने निर्धारण गरेको छैन। 

कोलम्बो-काठमाडौं गन्तव्यमा यसअघि हिमालय एयरलाइन्सले उडान गरेपनि यात्रु नपाएकै कारण उडान रोकेको थियो। तर श्रीलंकन एयरले कोलम्बोबाट अरु देश लक्षित उडान पनि जोडेकोले उडान अझ विस्तार गर्ने संकेत गरेको छ। 


प्रकाशित : बिहीबार , भदौ २४ २०७८११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend