शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कर्जा असुलीमा दबाब रहेकाले खराब कर्जा बढ्यो : गभर्नर अधिकारी

शुक्रबार, वैशाख १४ २०८१
कर्जा असुलीमा दबाब रहेकाले खराब कर्जा बढ्यो : गभर्नर अधिकारी

धानको उत्पादन बढेको, रासायनिक मल खरिद सहज रहेकाले नेपालको आर्थिक वृद्धिदर सकारात्मक नै रहने गभर्नर महाप्रसाद अधिकारीले बताए।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा असुलीमा दबाब रहेकाले खराब कर्जा बढेको बताएका छ्न्।

राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा गभर्नर अधिकारीले खराब कर्जा बढे पनि बैंकिङ क्षेत्र सबल नै रहेको स्पष्ट पारे।

पछिल्लो समय ब्याजदर घटेको र लगानीयोग्य रकम बढेकाले लगानीका लागि आधार तयार भएको पनि उनले बताए। 

गभर्नर अधिकारीका अनुसार चालु आर्थिक वर्षमा चालु खाता १ खर्ब ६९ अर्बले बचतमा रहेको छ भने शोधनान्तर बचत बढेकोले विदेशी मुद्रा सञ्चिति पनि सहज अवस्था रहेको छ।

धानको उत्पादन बढेको, रासायनिक मल खरिद सहज रहेकाले नेपालको आर्थिक वृद्धिदर सकारात्मक नै रहने उनले बताए।

राष्ट्र बैंकको स्वायत्तता जोगाउने काम हामीले नै गरेको हो : पूर्वगभर्नर ढकाल राष्ट्र बैंकको स्वायत्तता जोगाउने काम हामीले नै गरेको हो : पूर्वगभर्नर ढकाल


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend