शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

राष्ट्र बैंकको स्वायत्तता जोगाउने काम हामीले नै गरेको हो : पूर्वगभर्नर ढकाल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १४ २०८१
राष्ट्र बैंकको स्वायत्तता जोगाउने काम हामीले नै गरेको हो : पूर्वगभर्नर ढकाल

काठमाडौं- पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकालले राष्ट्र बैंक स्वायत्त बनाउने काम आफ्नै कार्यकालमा भएको बताएका छ्न्।

राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवका अवसर बोल्दै उनले राष्ट्र बैंक ऐन ड्राफ्ट गरेर राष्ट्र बैंकमा स्वायत्तताको सुरुवात आफूले गरेको बताए। यसको कार्यान्वयन तिलक रावलको पालामा भएपनि स्वायत्तताको अभ्यास आफ्नो पालामा भएको उनले दाबी गरे। 

पूर्वगभर्नर ढकालले गभर्नर महाप्रसाद अधिकारीप्रति संकेत गर्दै भने 'हामीले सुरुवात गरेको स्वायत्तताले गर्दा महाप्रसादजीलाई सरकारले निलम्बनसम्म गर्न सकेन',उनले भने।

यस्तै आफ्नो पालामा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु भएको र यसले ६० प्रतिशत खराब कर्जा भएको राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलाई बचाउने काम गरेको उनले बताए।

यस्तै कर्मचारी संगठनहरुमा पनि राम्रा कामको सुरुवातको थालनी गरेको उनले स्मरण गरे। यस्ता काम गर्दा विभिन्न दबाब आएको भए पनि त्यसलाई नजरअन्दाज गर्दै अगाडि बढेर राष्ट्र बैंक सुधारमा ध्यान दिएको उनले बताए।

राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सवका अवसरमा ढकाललाई सम्मानित पनि गरेको छ।


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११५:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend