सोमबार, वैशाख २४ गते २०८१    
images
images

तेस्रो लगानी सम्मेलन : १४८ परियोजनामा झन्डै १० खर्ब रुपैयाँ लगानीको प्रतिबद्धता हुँदै

images
images
images
तेस्रो लगानी सम्मेलन : १४८ परियोजनामा झन्डै १० खर्ब रुपैयाँ लगानीको प्रतिबद्धता हुँदै

त्यसमा अहिलेसम्म ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजना रहेका छन्। यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको छ।

images
images

काठमाडौं- तेस्रो लगानी सम्मेलन आउँदो आइतबारदेखि सुरु हुँदै छ। आइतबार र सोमबार काठमाडौंमा हुने सम्मेलनमा १ सय ४८ परियोजना सोकेसमा राखिँदैछ। लगानी बोर्डका अनुसार सम्मेलनका लागि सबै तयारी पूरा भएको छ। 

images
images
images

सम्मेलनमा केही बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र केही देशका मन्त्रीस्तरीय व्यक्तिहरू आउने भए पनि चर्चित वक्ताहरू भने देखिने छैनन्। सम्मेलनमा भारत र चीनबाट सबैभन्दा धेरै प्रतिनिधि सहभागी हुँदैछन्।

images

सम्मेलनमा विभिन्न वैदेशिक लगानीको प्रतिबद्धता जनाइने भए पनि यसअघि भएका सम्झौताअनुसार नै लगानी भने आउन सकेको छैन। यसपटक पनि १० खर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता घोषणा हुँदैछ।

images

लगानी प्रतिबद्धता भन्दा पनि वातावरण बनाउनु ठूलो कुरा भएकोले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल भट्टले बताए। ‘लगानी आउने समयसम्म धेरै सम्झौता र सर्तहरू फेरिने भएकोले घोषणा हुँदैमा लगानी आउने होइन,’ सीईओ भट्टले भने। 

images
images

लगानी बोर्डले साढे १२ वर्षमा १२ खर्ब ४९ अर्ब रुपैयाँको लगानी स्वीकृत गरिसकेको छ। बोर्डले अहिलेसम्म ४२ परियोजनाका लागि उक्त रकम स्वीकृत गरेको हो। बोर्डका सीइओ भट्टका अनुसार स्वीकृत भएपछि नै लगानी आउने भएकोले अहिले आउने क्रममा जारी रहेको छ।

त्यसमा अहिलेसम्म ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजना रहेका छन्। यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको छ। त्यस्तै ६ हजार र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होङ्‍सी शिवम् सिमेन्ट र ह्वासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएको छ। 

धरानमा बेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ। ९ सय मेगावाटको अरुण ३ जलविद्युत् परियोजना, २ सय १६ मेगावाटको माथिल्लो त्रिशुलीलगायतका परियोजना कार्यान्वयनका क्रममा छन्। 

९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको विकास सम्झौता सम्पन्न भइ वित्तीय व्यवस्थापनको क्रममा रहेको छ। 

४ सय ५० मेगावाटको सेती नदी-६ सहित राष्ट्रिय गौरवको ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना अध्ययन तथा विकासका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदनको तयार हुँदैछ। यसका साथै ३ सय २७ मेगावाटको अपर मादी-२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भइरहेको छ र पीडीएको तयारी समेत सुरु भएको छ।

१ खर्ब ३७ अर्ब भित्रियो अब पौने २ खर्ब आउँदै

अहिलेसम्म विभिन्न परियोजनाको लागत ९ खर्ब ९० अर्ब ४८ करोड रहने देखिएको छ। यस्तोमा १२ वर्षको बीचमा लगानी बोर्डमार्फत १ खर्ब ३७ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको छ। योसहित अब लगानी सम्मेलनपछि नेपालमा ३ खर्ब ११ अर्ब रुपैयाँ विदेशी लगानी बोर्डमार्फत भित्रने छ। 

लगानी सम्मेलनमा लगानी बोर्डले चार परियोजनाको सम्झौता गर्ने पक्का भएको छ। लगानी सम्मेलनपछि पौने २ खर्ब रुपैयाँ लगानी आउने निश्चित भएको छ। ‘चार परियोजनाबाट पौने २ खर्ब रकम नेपाल भित्रिने प्रक्रिया सुरु हुने छ,’ बोर्डका प्रवक्ता पद्युम्नप्रसाद उपाध्याय भने।

उपाध्यायका अनुसार डाबर नेपाल प्रालिको क्षमता विस्तार, तीन सय २७ मेगावाट अपर मर्स्याङ्दी-२, चीन नेपालमैत्री औद्योगिक पार्क, ब्याट्री स्टोरेज प्लान्टसहितको दुई सय ५० मेगावाटको सोलार प्लान्टको परियोजना विकास सम्झौता गर्ने तयारी रहेको छ। बोर्डका अनुसार चारवटै परियोजनामा विदेशी लगानी आउने छ। 

डाबर नेपालले भारतबाट ९ अर्ब ६८ करोड ६३ लाख भारतीय लगानी ल्याउन लागेको छ। तीन सय २७ मेगावाटको अपर मर्स्याङ्दी-२ मा पनि चिनियाँ लगानी आउँदैछ। बुटवल पावरसहित चीनको सिन्चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनलले परियोजनामा ७८ अर्ब ३० करोड ६४ लाख रुपैयाँ लगानी गर्दै छन्।

झापाको दमकमा ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र दमक क्लिन इन्डस्ट्रियल पार्कले संयुक्त रूपमा ६४ अर्ब ९० करोड लगानी गर्दै छन्। बाँके र कपिलवस्तुमा बन्ने १२५/१२५ मेगावाटको सोलार प्लान्ट परियोजनामा सिंगारपुरको राइजेन इनर्जीले २१ अर्ब ६० करोड लगानी गर्दै छ।

तेस्रो लगानी सम्मेलनको लागि सोकेसमा प्रस्तुत गरिने परियोजनाको सूची तयार पारिएको छ। लगानी सम्मेलनका लागि हालसम्म १ सय ४८ परियोजना पहिचान गरिएको छ। 

नयाँ परियोजनाको रुपमा २ सय १८ मेगावाटको नौमुरे जलाशययुक्त आयोजना, १२१६ मेगावाट क्षमताको खिम्ती ठोसे जलविद्युत परियोजना, ६५० मेगावाटको कालिगण्डकी, ३७७ मेगावाट क्षमताको भारभुङ जलविद्युत आयोजना रहेका छन्।

images

प्रकाशित : शुक्रबार, वैशाख १४ २०८१११:०७
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस