आइतबार, वैशाख २३ गते २०८१    
images
images

कोभिडका कारण रोकिएको ६ वर्षपछि नेपाल चीन (तिब्बत) व्यापार मेला काठमाडौंमा हुँदै

नेपालको १५ र तिब्बतको ५० वटा स्टल रहने

images
images
images
कोभिडका कारण रोकिएको ६ वर्षपछि नेपाल चीन (तिब्बत) व्यापार मेला काठमाडौंमा हुँदै

व्यापार मेलामा तिब्बतका सरकारी प्रतिनिधिको रूपमा तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुवानको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब १२० जना व्यापारी प्रतिनिधिहरूको सहभागिता रहनेछ।

images
images

काठमाडौं- कोभिडको कारण रोकिएको नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला ६ वर्षपछि काठमाडौंमा हुने भएको छ।

images
images
images

भृकुटीमण्डपमा हुने १७औँ व्यापार मेला बैशाख १७ गते देखि २१ गतेसम्म चल्ने छ। मेलामा ६५ वटा स्टल रहने आयोजक व्यापार निकासी प्रर्वद्धन केन्द्रले जानकारी दिएको छ।

images

प्रत्येक दुई-दुई वर्षमा हुने आयोजना यसअघि कोरोनाका कारण रोकिएको थियो। अहिले पुन: सञ्चालन हुन लागेको व्यापार निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले बताए। राणाका अनुसार आलोपालो गर्ने सम्झौताअनुसार सन् २०१८ मा हुनुपर्ने मेला अहिले गर्न लागिएको हो।

images

मेलामा नेपालको १५ वटा स्टल र तिब्बतको ५० वटा स्टल रहने छन्। नेपालको स्टलमा तिब्बतसँग हुनसक्ने निर्यातका वस्तुमात्रै स्टलमा राखिने समेत कार्यकारी निर्देशक राणाले जानकारी दिए।

images
images

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यसपटक नेपालमा गर्ने तयारी गरिएको छ।

नेपाल चीन (तिब्बत) बीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ। व्यापार मेलामा तिब्बतका सरकारी प्रतिनिधिको रूपमा तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुवानको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब १२० जना व्यापारी प्रतिनिधिहरूको सहभागिता रहनेछ।

तिब्बतका स्टलहरूमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरू, घरायशी प्रयोगका साधनहरू, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामानहरू, परम्परागत धूप, दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे विद्युतीय सवारीसाधन, सौन्दर्य प्रशोधनका अतिरिक्त विभिन्न व्यापारिक कम्पनीहरूले समेत भाग लिनेछन्।

नेपाली स्टलहरूमा जडीबुटी, सुगन्धित तेल, कफी, चिया, हस्तकलारकाष्ठकला, धातुकला, कार्पेट, पश्मिनालगायतका विभिन्न कम्पनीका उत्पादनहरू प्रदर्शन गरिनेछन्।

मेलाको अवसरमा दुई पक्षबीच बीटुबी, बिटुजी, र जीटुजीलगायतका व्यावसायिक मिटिङको आयोजना हुनेछन्।

बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने मेलामा प्रवेश निःशुल्क गरिएको छ।

images

प्रकाशित : बिहीबार , वैशाख १३ २०८१०५:२०

प्रतिक्रिया दिनुहोस