शनिबार, जेठ ५ गते २०८१    
images
images

बजेट अभावले धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
images
images
बजेट अभावले धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

चप्टे नदीमा पुल निर्माण गर्न २ करोड ९७ लाख, मटेलीमा ३ करोड २६ लाख र चौकीगडा पुलका लागि ४ करोड ७० लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ।

images
images

कैलाली- धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ। 

images
images
images

धनगढी-खुटिया-दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ।

images

चालु आर्थिक वर्षमा प्रतिपुल ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। जब कि चप्टे नदीमा पुल निर्माण गर्न २ करोड ९७ लाख, मटेलीमा ३ करोड २६ लाख र चौकीगडा पुलका लागि ४ करोड ७० लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ।  

images
images

यसैगरी कालाखोल- लामगाडा पुल ४ करोड ५ लाख, नकुराडी खोलाको पुल ३ करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः ५ करोड १९ लाख र ४ करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको छ। रासस 

images
images


प्रकाशित : आइतबार, वैशाख २३ २०८११०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend