शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बढ्दो तरलता र घट्दो अन्तरबैंक ब्याजदर नियमन गर्न ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १३ २०८१
बढ्दो तरलता र घट्दो अन्तरबैंक ब्याजदर नियमन गर्न ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

मागमा आएको कमीका कारण कर्जा प्रवाह सुस्त हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ। जसले गर्दा अन्तर बैंक कारोबार राष्ट्र बैंकले निर्धारण गरेको निक्षेप संकलन दरभन्दा तल आएको छ।

काठमाडौं- राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैशाख २७ गते परिपक्व हुनेगरी राष्ट्र बैंकले १४ दिने रिपोमार्फत तरलता खिच्न लागेको हो।

आज बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोलमा बैंक वित्तीय संस्था सहभागी हुन पाउने छन्। यस बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ। 

सरकारले स्थानीय सञ्चिति कोषको रकम निक्षेप गणनाबाट हटाए पनि बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले १४ दिने उकपरणमार्फत तरलता खिच्न लागेको हो। 

मागमा आएको कमीका कारण कर्जा प्रवाह सुस्त हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ। जसले गर्दा अन्तर बैंक कारोबार राष्ट्र बैंकले निर्धारण गरेको निक्षेप संकलन दरभन्दा तल आएको छ। 

बैंक वित्तीय संस्थाले भुक्तानी अवधिलाई कारण देखाएर स्थायी निक्षेप सुविधाभन्दा अन्तरबैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका छन्। बैंकहरूले अन्तरबैंकिङ कारोबार २.६२ प्रतिशतमा गरिरहेका छन्। 

राष्ट्र बैंक बाध्य भएर बढी भएको तरलता प्रशोचन गर्नका लागि रिपो जारी गरेको हो। राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ प्रणालीमा करिब ५ खर्ब ७० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ।

माग संकुचित हुँदा कर्जा लगानी बढेन, अन्तरबैंक ब्याजदर पुन: राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल माग संकुचित हुँदा कर्जा लगानी बढेन, अन्तरबैंक ब्याजदर पुन: राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल


प्रकाशित : बिहीबार , वैशाख १३ २०८१११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend