मंगलबार, वैशाख २५ गते २०८१    
images
images

सरकार परिवर्तनले विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नगरिएको अर्थमन्त्री पुनको दाबी

अर्थमन्त्री पुन भन्छन्- लगानीकर्ताले वादभन्दा पनि बजार र वातावरण हेर्छन्

images
images
images
सरकार परिवर्तनले विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नगरिएको अर्थमन्त्री पुनको दाबी

५ दिनपछि काठमाडौंमा हुन लागेको लगानी सम्मेलनअघि अर्थ मन्त्रालय र लगानी बोर्ड नेपालले सोमबार राखेको छलफलका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

images
images

काठमाडौं- तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा अर्थमन्त्री वर्षमान पुनले घरेलु राजनीति परिवर्तनले सरकारले लिने स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। विगत १५ वर्षदेखिका नीतिमा निरन्तर सुधार गरेको तर परिवर्तन नगरिएको भन्दै उनले लगानीसम्बन्धी नितिमा फरक नपर्ने उनले बताएका हुन्।

images
images
images

५ दिनपछि काठमाडौंमा हुन लागेको लगानी सम्मेलन अघि अर्थ मन्त्रालय र लगानी बोर्ड नेपालले सोमबार राखेको छलफलका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

images

पहिलो, दोस्रो लगानी सम्मेलनको अनुभवसहित तेस्रो लगानी सम्मेलन गर्न लागेको भन्दै उनले  त्यतिवेला गरेको प्रतिबद्धताअनुसार लगानी आएको छैन यद्यपि सरकार उत्साहित रहेको छ बताए। छिमेकि देश भारतमा विदेशी लगानी ३० र नेपालमा ३७ प्रतिशत लगानी भित्र्याउन सकेको अवस्था सकारात्मक रहेको उनको भनाइ छ।

images

विगतदेखि नै नेपालले प्राथमिकीकरण गरेरै लगानी आह्वान गरेको छ। त्यसमध्ये जलविद्युत, सिमेन्टलगायत छ। जलविद्युतमा सरकारले १५ वर्षअघि ल्याएको नीति अहिलेसम्म परिवर्तन गरिएको छैन जसले सिमेन्ट निर्यात भएको छ भने बिजुली निर्यात पनि भएको उनले बताए। 

images
images

सरकार परिवर्तनसँग नीति परिवर्तनको साहिनो छैन। नीतिगत निरन्तरता जारी नै छ सरकार परिवर्तन हुँदैमा नीति परिवर्तन हुदैन्न भन्ने प्रतिबद्धता उनले व्यक्त गरे। ‘वैदेशिक लगानी तथा आन्तरिक लगानीमा नेपालको समान धारणा छ भन्ने कुरा सम्मेलनमा झल्काउनेछौ,’ अर्थमन्त्री पुनले भने। 

सो अवसरमा उनले लगानीको प्रवृति नाफा हो लगानीकर्ताले व्यवस्था नहेर्ने बताए। उनले चीनमा अमेरिकी लगानी र अहिले अमेरीकाको लगानी भारततर्फ आकर्षित भएको भन्दै समाजवाद पुँजीवाद र राजतन्र जस्ता व्यवस्थाले खासै फरक नपर्ने समेत बताए।

लगानीकर्ताले वादभन्दा पनि बजार र वातावरण हेर्ने पनि उल्लेख गरे। आन्तरिक लगानीकर्ता उत्साहित प्रेरित भए मात्रै अरु लगानीकर्ता आउने हुन्। ‘उद्घाटनदेखि अन्तिम सत्रसम्म निजीक्षेत्रलाई राखेर सफल कथा सुनाइने छ। सरकारले कुनै बिजनेस गर्न तम्सेको छैन निजीक्षेत्रलाई नै प्रवर्द्धन गर्ने हो,’ अर्थमन्त्री पुनले भने। सम्मेलनका कानून अध्यादेशबाट आए पनि ससदमा छलफल हुने पनि उनले बताए। 

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले लगानी प्रबर्द्धन निरन्तरको प्रयास र प्रक्रिया भएको बताएका छन्। सार्वजनिक(निजी साझेदारी (पीपीपी) मा सरकारी परियोजनामात्रै नभइ निजीक्षेत्रका पनि परियोजना हुने उनले बताएका छन्। उनले पीपीपीको पैरवी गर्नुका साथै सिधै लगानीका लागि वातावरण तयार गर्ने प्रयास रहेको पनि उल्लेख गरे।

कार्यक्रममा बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले सम्मेलनको तयारी र त्यसबाट नेपालले प्राप्त गर्ने उपलब्धिका विषयमा जानकारी गराए। केही दिनमै हुने सम्मेलनमा लगानीकर्ताले सिधै प्रधानमन्त्री र विभिन्न विभागीय मन्त्रीलाई भेट्न सक्ने उनले जानकारी दिए।

२ दिनसम्म चल्ने सो सम्मेलनबाट केही आयोजनामा सम्झौता हुनुका साथै सोकेसमा राखिने परियोजनामा लगानीकर्ताले लगानीका लागि इच्छा व्यक्त गर्न सक्ने, नेपालले लगानीका लागि सुधार गरेका कानुनी र नीतिगत व्यवस्थाका विषय जानकारी गराउने उनले बताए। सम्मेलनमा विभिन्न विषयमा १० ओटा सत्र, ५० वक्ता रहनेछन्। सम्मेलनमा १ हजारभन्दा बढी सहभागी हुने बताइएको छ।

images

प्रकाशित : मंगलबार, वैशाख ११ २०८१०९:४४

प्रतिक्रिया दिनुहोस