शनिबार, जेठ ५ गते २०८१    
images
images

सेयर बजारमा पाँच सेक्टरका उत्कृष्ट कम्पनी, कुनको सूचक कस्तो?

images
शनिबार, वैशाख २२ २०८१
images
images
सेयर बजारमा पाँच सेक्टरका उत्कृष्ट कम्पनी, कुनको सूचक कस्तो?

सेयर बजारमा रहेका अधिकांश कम्पनीको सेयर मूल्य घट्दो ट्रेन्डमा छ। जसका कारण राम्रो कम्पनीको सेयर मूल्य पनि सस्तोमै आइरहेका छन्। अहिले सस्तो मूल्यमा आएको बेला खरिद गर्न सकेमा भविष्यमा उच्च प्रतिफल पाइने छ।

images
images

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साता समग्रमा कारोबार सुधारतर्फ देखिएको छ। साताको अन्तिम कारोबारमा बिहीबार बजार घटे पनि समग्रमा ३३.०२ अंकले बढेको छ। आउने साता पनि बजारमा ठूलो उतारचढाव नदेखिने र उही बिन्दु वरपर रहने विश्लेषकहरूले बताइरहेका छन्। 

images
images
images

पछिल्लो समय देखिएको गिरावटले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। 

images

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ।

images
images

सेयर बजारमा रहेका अधिकांश कम्पनीको सेयर मूल्य घट्दो ट्रेन्डमा छ। जसका कारण राम्रो कम्पनीको सेयर मूल्य पनि सस्तोमै आइरहेका छन्। अहिले सस्तो मूल्यमा आएको बेला खरिद गर्न सकेमा भविष्यमा उच्च प्रतिफल पाइने छ।

images
images

यी पाँच कम्पनीमार्फत भविष्यमा लगानीकर्ताले पाउने छन् उच्च प्रतिफल

एभरेष्ट बैंक

एभरेष्ट बैंकको दोस्रो बजारमा प्रतिकित्ता ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। बैंकका सूचकका हिसाबले अब्बल भएतापनि सेयर मूल्य भने बढ्न सकेको छैन। बैंकको पछिल्लो ५२ हप्तामा बढेर ६३३ रुपैयाँसम्म सेयर मूल्य पुगेको थियो।

पछिल्लो ९ महिनाको सूचक भने अब्बल नै देखिएको छ। चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष १ अर्ब ६ करोड बोनस सेयर र १ अर्ब १२ करोड रुपैयाँ नगद लाभांश दिएकाले बैंकको वितरणयोग्य नाफा गत वर्षको यसै अवधिको तुलनामा केही कम देखिएको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद नाफा गत वर्षको तुलनामा बढेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा करिब १४ करोड रुपैयाँ बढेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज ५५ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष बढेर ६२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशतमा स्थिर रहेको छ।

गत वर्ष ०.७० नै रहेको खराब कर्जा चालु आर्थिक वर्षको ९ महिना पनि ०.७ प्रतिशत नै रहेको छ। यस अवधिमा बैंकको आधार दर ८.१३ प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.५० प्रतिशत रहेको छ।

नेपाल लाइफ इन्स्योरेन्स 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य लगातार घटेर न्यून विन्दुमा आएको छ। कम्पनीको सेयर मूल्य बिहीबार ५९१ रुपैयाँमा कारोबार भएको छ। कुनै समय ३ हजार रुपैयाँसम्म पुगेको सेयर मूल्य अहिले पाँच सय रुपैयाँमा घुमिरहेको छ।

चालुवर्षको दोस्रो त्रैमाससम्म राम्रो गरेको इन्स्योरेन्सले तेस्रो त्रैमासको भने वित्तीय विवरण सार्वजनिक गरेको  छैन।  दोस्रो त्रैमाससम्मको विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको थियो। 

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९० प्रतिशत बढी थियो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा पुगेको छ। वित्तीय सूचक सकारात्मक बन्दै गएकोले भविष्यमा लगानीकर्ताका लागि आकर्षक कम्पनी बन्न सक्छ। 

माउन्टेन इनर्जी

हाइड्रो सेक्टरमा माउन्टेन इनर्जी लगानीकर्ताका लागि आकर्षक कम्पनी हो। कम्पनीको बिहीबार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ। विगतमा १ हजार रुपैयाँ भन्दा माथीमा कारोबार भएको कम्पनीले लाभांश समेत लगानीकर्तालाई आकर्षक दिदै आएको छ। 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले विद्युत बिक्रीमार्फत ७३ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीले ५ मेगावाटको टादी खोला जलविद्युत आयोजनाबाट २०७९ चैत १४ गतेदेखि र ४२ मेगावाटको मस्त्री खोला आयोजनाबाट २०७८ असार ३ गतेदेखि व्यापारीक उत्पादन गरिरहेको छ।

कम्पनीको खुद नाफा चालु आर्थिकको ५ महिनामा  ३५ करोड भएको छ।  नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५८ रहेको छ। १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

सर्वोत्तम सिमेन्ट 

पहिलो वर्ष नै १५ प्रतिशत लाभांश दिने सर्वोत्तम सिमेन्ट आगामी वर्षका लागि लगानीकर्ताको आकर्षक कम्पनी हुने देखिन्छ। कम्पनीको दोस्रो बजारमा ७ सय ७६ रुपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ। १०८३ रुपैयाँसम्म पुगेर घटेको कम्पनी पुन बढ्ने देखिन्छ। 

कम्पनीको आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रूपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ रहेको छ। बुक भ्यालु १७४ रुपैयाँ रहेको छ। लगानीकर्ताले सेयर भर्न प्रति कित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता सेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए। दोस्रो बजारमा कारोबार हुँदा रामो आम्दानी समेत लगानीकर्ताले गरेका थिए। 

आरएसडीसी लघुवित्त 

तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा आकर्षक देखिएको आरएसडीसी लघुवित्त दोस्रो बजारका लगानीकर्ताका लागि आकर्षक देखिन्छ। बिहीबार ७ सय रुपैयाँमा कारोबार भइरहेको कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ११ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रति सेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ६४ पैसा बढी हो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.१ गुणा रहेको छ।

त्यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ १२४ रुपेयाँ ६९ पैसा रहेको छ।


प्रकाशित : शनिबार, वैशाख २२ २०८१०३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend