शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना

images
मंगलबार, वैशाख २५ २०८१
images
नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना

उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकिएको छ।

images
images

काठमाडौं- विशेष अदालतले पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई कैद र जरिवानाको फैसला सुनाएको छ।

images
images
images

गत बैशाख ७ गते दोषी ठहरिएका सुनिललाई मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको हो।

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोजमा नेसनल पेमेन्ट गेटवे स्थापनामा अनियमितता गरेको भन्दै बहालवाला सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

images
images

पौडेललाई दोषी ठहर गर्दै आरोप लागेका अन्य ८ जनालाई भने विशेष अदालतले सफाइ दिएको थियो।

उक्त प्रकरणका आरोपितहरू मधुकुमार मरासिनी, सञ्जय शर्मा, प्रणिता उपाध्याय, सुनिल पौडेल, रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, सफल श्रेष्ठ र निमबहादुर वलीले सफाइ पाएका हुन्।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend