बुधबार, वैशाख २६ गते २०८१    
images
images

लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार

images
images
images
लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार

लेक लागेर बिरामी परेका साउथ अफ्रिकाका दुई, न्युजिल्यान्डका दुई र एकजना पथप्रदर्शकको उद्धार गरिएको हो।

images
images

मनाङ- विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ।

images
images
images

आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका-७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो। लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

images

उनका अनुसार भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो। चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौं पठाइएको छ। साउथ अफ्रिकाका दुई, न्युजिल्यान्डका दुई र एकजना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले बताए।

images

लेक लागेर पर्यटक बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको उनले बताए।

images
images

उनले भने, 'तापक्रम नमिल्दा बिरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ। यहाँको यात्रामा सवारीसाधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनुपर्छ।' रासस

images

प्रकाशित : सोमबार, वैशाख १० २०८१०५:४०

प्रतिक्रिया दिनुहोस