बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अन्नपूर्ण होटलमा रहेको नेपाल ट्रष्टको सम्पत्तिमा मीनबहादुर र उमेशको वक्रदृष्टी, प्लट तयार पार्दै सिर्जना

जग्गा भाडा प्रकरण र सेयर खरिदबिक्रीमा हामी अनभिज्ञ छौँ : नेपाल ट्रष्ट

आइतबार, वैशाख ९ २०८१
अन्नपूर्ण होटलमा रहेको नेपाल ट्रष्टको सम्पत्तिमा मीनबहादुर र उमेशको वक्रदृष्टी, प्लट तयार पार्दै सिर्जना

हायात होटलमा जसरी अन्नपूर्णबाट पनि सरकारकी सेयर संकुचित पार्ने योजनाबद्ध खेल सुरू भएको देखिएको छ।

काठमाडौं- अन्नपूर्ण होटलमा रहेको नेपाल ट्रष्टको सेयरलाई खुम्च्याउने प्रपञ्च सुरू भएको छ। 

होटल डेला अन्नपूर्ण प्रालिमा राजपरिवार सदस्यहरूको नाममा रहेको सेयर नेपाल ट्रष्टको नाममा आएको थियो। यही सेयर हिस्सालाई संकुचित पार्दै अन्तत: कुम्ल्याउने खेल देखिएको छ। 

अन्नपूर्ण होटलमा रहेको नेपाल ट्रष्टको सम्पत्तिमा व्यवसायी मीनबहादुर गुरूङ र नेपाली कांग्रेसका नेतासमेत रहेका व्यवसायी उमेश श्रेष्ठले वक्रदृष्टी लगाउँदै सम्पत्ति हत्याउने खेल सुरु गरेका छन्। त्यसमा सिर्जना राणाले सबै मिलोमतोको प्लटअनुसार काम गरिरहेकी छिन्। अन्नपूर्णमा होटलमा अधिकांश हिस्सा कपिल राणा र सिर्जना राणा दम्पतीमै रहेको छ। 

होटल डेला अन्नपूर्णमा नेपाल ट्रष्टको ३० हजार ७ सय २० कित्ता अर्थात ५ प्रतिशत सेयर रहेको छ। यस्तोमा होटलको सेयर बिक्रीदेखि कानूनविपरीत जग्गा भाडामा दिने प्रक्रियामा नेपाल ट्रष्टको कार्यालयलाई गुमराहमा राखिएको छ।

जग्गा भाडामा दिन खडा गरिएको बिचौलिया कम्पनीमा अन्नपूर्ण होटलको १५ प्रतिशत सेयर रहेनगरी सम्झौता भएको छ तर नेपाल ट्रष्टको कार्यालयलाई यो विषयमा कुनै जानकारी दिइएको छैन। 

हदबन्दीभन्दा बढी जग्गा भाडामा लगाउने विषय बोर्डमा राखेर अनुमोदन हुनुपर्ने हो। अन्नपूर्ण होटलको सञ्चालक समितिको बैठकसमेत नराखी यस्तो काम भएको छ। 

जग्गा भाडामा दिने कम्पनीमा मूल कम्पनीको १५ प्रतिशत सेयर राख्दासमेत किन कार्यालयलाई खबर गरिएको छैन? नेपाल टष्ट्रको कार्यालयका सूचना अधिकारी रोशन अर्याल भन्छन्, 'जग्गा भाडामा दिनका लागि खडा गरिएको कम्पनीमा मूल कम्पनीको समेत सेयर राख्ने विषयमा अन्नपूर्ण होटलबाट कुनै जानकारी भएको छैन।'

अन्तिमपटक अन्नपूर्ण होटलले कपिल शम्शेर राणाको नाममा रहेको १ लाख ४३ हजार ८ सय ७२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १४ हजार ९ सय ८२ रुपैयाँको दरले खरिदका लागि १० दिनको समय दिएर ट्रष्टमा पत्र पठाएको भए पनि त्यसपछि कुनै पत्र नआएको अर्यालले जानकारी दिए।

अन्नपूर्ण होटल व्यवस्थापनमा रहेको राणा परिवारले सेयर बिक्री प्रकरणमा समेत नेपाल ट्रष्ट कार्यालयलाई झुक्यानमा पारेको छ। नेपाल ट्रष्टको कार्यालयलाई पठाउँदा सेयर बिक्रीको मूल्यांकन एउटा र तेस्रो पक्षलाई बिक्री गर्दा अर्को मूल्यांकन गरेको पाइएको छ। 

राणा परिवारले १४ हजार रुपैयाँ प्रतिकित्ताको दरमा रहनेगरीको मूल्यांकन नेपाल ट्रष्ट कार्यालयलाई पठाएको थियो। तर पछि ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएका भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङ र व्यवसायी श्रेष्ठको कम्पनीलाई न्यून मूल्यांकनमा बिक्री गरिएको छ। जुन सेयर अब ट्रान्सफर हुनमात्रै बाँकी छ। 

एक वरिष्ठ अधिवक्ताका अनुसार संस्थापकलाई तोकेर पठाएको न्यूनतम मूल्यभन्दा कममा सेयर बिक्री गर्ने हो भने पुन: संस्थापकहरूलाई सूचना जारी गरेर खरिदको मौका दिनु पर्छ। कुनै जानकारीबिना सेयर खरिद-बिक्री भएको हो भने त्यो सरासर मिलोमतोमा लुटपाट नै गर्न लागिएको उनले बताए। 

नेपाल टष्ट्रको सम्पत्ति कुनै पनि प्रकारमा बिक्री गर्न पाइँदैन तथा भाडामा दिन पनि कार्यालयको बोर्डबाट अनुमोदन आवश्यक हुन्छ। यो सबै प्रक्रियामा नेपाल ट्रष्टलाई बहिष्कार गरिएको छ। 

हायात होटलमा जसरी अन्नपूर्णबाट पनि सरकारको सेयर संकुचित पार्ने योजनाबद्ध खेल सुरू भएको देखिएको छ। 

अन्नपूर्ण होटलको २५ प्रतिशत सेयर खरिद गरेर भित्रिए गुरुङ र श्रेष्ठ अन्नपूर्ण होटलको २५ प्रतिशत सेयर खरिद गरेर भित्रिए गुरुङ र श्रेष्ठ कानूनविपरीत अन्नपूर्णको जग्गा भाडामा, गैरकानूनी प्रपञ्चमा मीनबहादुर र उमेश कानूनविपरीत अन्नपूर्णको जग्गा भाडामा, गैरकानूनी प्रपञ्चमा मीनबहादुर र उमेश


प्रकाशित : आइतबार, वैशाख ९ २०८११२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend