शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

कानूनविपरीत अन्नपूर्णको जग्गा भाडामा, गैरकानूनी प्रपञ्चमा मीनबहादुर र उमेश

images
शुक्रबार, वैशाख ७ २०८१
images
images
कानूनविपरीत अन्नपूर्णको जग्गा भाडामा, गैरकानूनी प्रपञ्चमा मीनबहादुर र उमेश

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले पनि हदबन्दीभन्दा माथि भोगचलन गरिरहेको कम्पनीको नाममा रहेको जग्गा तेस्रो पक्षलाई भाडामा दिन नपाइने बताए।

images
images

काठमाडौं- काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे होटल अन्नपूर्णको नाममा रहेको जग्गा अवैध रुपमा भाडामा लिने प्रपञ्च भएको छ। 

images
images
images

हालैमात्र अन्नपूर्ण होटलको २५ प्रतिशत सेयर खरिद गरेर प्रवेश गर्ने तयारी गरेका व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठकै कम्पनीलाई उक्त जग्गा भाडामा दिन खोजिएको छ। 

सेयर सदस्यका रुपमा प्रवेश गरेर तेस्रो पक्ष कम्पनी बनाइ उसैलाई भाडामा दिने खेल उनीहरूले सुरू गरेका हुन्। सेयर खरिद बिक्रीको अन्तिम सम्झौता बाँकी भएपनि जग्गा भाडाको भने सम्झौता भइसकेको व्यवसायी मीनबहादुर गुरुङले बिजनेस न्युजसँग बताएका छन्। 

images

होटलको नाममा रहेको जग्गा ३५ वर्षका लागि लिज भाडामा लिने सम्झौता भएको गुरुङले बताए। उनका अनुसार उक्त स्थानमा ४ सय बेड क्षमताको पाँचतारे होटलसँगै सपिङ कम्प्लेक्स निर्माण हुने छ। सपिङ कम्प्लेक्समा भाटभटेनी सुपर मार्केटसमेत सञ्चालन हुने गुरुङले बताए।

images

पहिलो पाँच वर्ष वार्षिक ५ करोड रुपैयाँ र त्यसपछि वार्षिक १७ करोड रुपैयाँको दरमा जग्गा भाडामा दिने गरी होटल अन्नपूर्ण डेला प्रालि र अन्नपूर्ण स्क्वायर कम्पनीबीच सम्झौता भएको गुरुङले जानकारी दिए।

पाँच वर्षपछि पहिलो दुई वर्ष १७ करोड वार्षिक भाडामा त्यसपछि भने हरेक दुई वर्षमा ५ प्रतिशतका दरले भाडा रकम वृद्धि हुनेगरी सम्झौता भएको गुरुङको भनाइ छ।

कम्पनी ८ अर्ब रुपैयाँको हुने छ। कम्पनीमा भाटभटेनी इन्भेष्टमेन्ट कम्पनीको ६० प्रतिशत, उमेश श्रेष्ठको २५ प्रतिशत र १५ प्रतिशत होटल डेला अन्नपूर्ण प्रालिको सेयर रहने गुरुङले बताए। 

तर यो जग्गा भाडा नै गैरकानूनी देखिएको छ। भूमिसुधार ऐनअनुसार हदबन्दीभन्दा माथिको जग्गा हुने संस्थाको नाममा रहेको जग्गा जुन उद्देश्यका लागि लिएको हो त्यहीअनुसार काम गर्नुपर्ने हुन्छ। त्यस्तै चलभोग पनि सोही कम्पनीले गर्नुपर्ने हुन्छ। अर्को कुनै पनि कम्पनीलाई भाडामा दिन वा बिक्री गर्न पाइँदैन। 

भूमिसूधार ऐनको दफा १२ को 'घ' मा ऐनअन्तर्गत जारी भएको सूचित आदेशबमोजिम खरिद गरिएको जग्गा अरु कसैलाई लिज वा भाडामा दिन नपाइने व्यवस्था उल्लेख छ। कानूनको यो व्यवस्थालाई ठाडो चुनौती दिँदै यसअघि नै सार्वजनिक जग्गा हडेपेको अभियोगमा दोषी ठहर भएका मीनबहादुरले फेरि भाडामा लिने सम्झौता गरेका छन्। 

होटल डेला अन्नपूर्ण प्राइभेट लिमिटेडको नाममा दरबारमार्गमा ४२ रोपनी जग्गा छ। उक्त जग्गा व्यक्ति वा कम्पनीले राख्न पाउने हदबन्दीभन्दा बढीको जग्गा हो। यही जग्गामा होटल डेला अन्नपूर्ण सञ्चालन भएको ५ दशकभन्दा बढी समय भइसकेको छ। तर होटल कोरोना महामारीको समययता बन्द छ। अहिले होटल सञ्चालनका लागि तयारी भइरहेको छ।

होटलका मुख्य लगानीकर्ता कपिल शम्शेर राणा हुन्। उनको नाममा मात्रै होटलमा ५ लाख ६ हजार ४ सय ४९ कित्ता सेयर छ। यो कुल सेयरको ८९ प्रतिशत हो। यही सेयरमध्येबाट १ लाख ४३ हजार ८ सय ७२ कित्ता सेयर खरिद गरेर होटल डेला अन्नपूर्णमा ललिता निवासको जग्गा घोटालामा दोषी ठहर भएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ प्रवेश गर्न सहमत भइसकेका छन्। 

नेपाल ट्रष्टको समेत सेयर स्वामित्व रहेको होटलमा कपिल शम्शेर राणाको धेरै हिस्सा रहेको छ। उनकी पत्नी सिर्जना राणाले पछिल्लो समय होटलको व्यवस्थापन सम्हाल्दै आएकी थिइन्। जग्गा बिक्री गर्न कानूनी रुपमै असम्भव भएपछि उनले गुरुङ र श्रेष्ठलाई सेयर बिक्री गरेकी थिइन्। उनीहरूले राणाले आँट्न नसकेको भाडामा दिने कामसमेत गरिदिएका छन्। 

हदबन्दीभन्दा बढीको जग्गा जुन प्रयोजनाका ल‍ागि पहिले दर्ता भएको छ त्योभन्दा बाहिर जान नमिल्ने एक वरिष्ठ अधिकावक्ताले बताए।

स्रोतका अनुसार जग्गा कम्पनीको नाममा भएपछि भाडा वा लिजमा दिन पाइँदैन।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले पनि हदबन्दीभन्दा माथि भोगचलन गरिरहेको कम्पनीको नाममा रहेको जग्गा तेस्रो पक्षलाई भाडामा दिन नपाइने बताए। 

‘कानूनमा यस्तो व्यवस्था छैन, होटलबाहेक त्यो जग्गामा अरु कुनै पनि संरचना बनाउनसमेत कानूनले दिँदैन’ उनले भने, 'भूमिसुधार ऐनको परिच्छेद ३ को दफा १२ 'घ' मा हदबन्दीभन्दा बढी जग्गा लिज वा भाडामा दिन पाइने छैन भन्ने व्यवस्था छ’ यो विषयमा अहिलेसम्म मन्त्रालयले निगरानी गरिरहेको पनि उनले बताा।ए

यस्तोमा हदबन्दीभन्दा बढीको जग्गा भाडामा वा लिजमा दिन नपाइने कानूनी व्यवस्था छ नी भनेर सोध्दा व्यवसायी गुरूङले आफ्नो कानूनी सल्लाहकारले यस विषयमा काम गरेको र थप आफूलाई जानकारी नभएको जवाफ दिए। 

अन्नपूर्ण होटलको २५ प्रतिशत सेयर खरिद गरेर भित्रिए गुरुङ र श्रेष्ठ अन्नपूर्ण होटलको २५ प्रतिशत सेयर खरिद गरेर भित्रिए गुरुङ र श्रेष्ठ


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend