शनिबार, साउन १२ गते २०८१    
images
images
images

अन्नपूर्ण होटलको २५ प्रतिशत सेयर खरिद गरेर भित्रिए गुरुङ र श्रेष्ठ

जग्गा बिक्री र भाडामा लगाउन असफल भएपछि सेयर बिक्री, प्रतिकित्ता १४ हजार रुपैयाँ

images
बिहीबार , वैशाख ६ २०८१
images
images
अन्नपूर्ण होटलको २५ प्रतिशत सेयर खरिद गरेर भित्रिए गुरुङ र श्रेष्ठ

दुई अर्बभन्दा धेरै ऋणको दायित्व भएको होटल करिब धरासायी भएपछि त्यसलाई बचाउनका लागि सेयर बिक्री गरेर गुरुङ र श्रेष्ठ भित्र्याइएका हुन्।

images

काठमाडौं-  होटल डेला अन्नपूर्णको १ लाख ४३ हजार ८७२ कित्ता सेयर(२५ प्रतिशत) दुई जना व्यवसायीले खरिद गरेका छन्। 

images
images

काठमाडौंको दरबारमार्गमा ४२ रोपनी जग्गा भएको होटलमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठले सो सेयर खरिद गरेका हुन्।

images

नेपाल ट्रष्टको समेत सेयर रहेको उक्त होटलको सेयर सवा दुई अर्बमा खरिद बिक्री भएको छ। 

होटल डेला अन्नपूर्णको सेयर बिक्रीका लागि व्यवस्थापनले नेपाल ट्रष्टलाई पठाएको विवरणअनुसार सेयर र त्यसको मूल्य खुलेको छ। डेला अन्नपूर्णले सेयर सदस्यका रुपमा नेपाल ट्रष्टलाई फागुन ९ गते सो जानकारी गराएको थियो। 

images

कपिल शमशेर राणाको नाममा रहेको १ लाख ४३ हजार ८७२ कित्ता सेयर बिक्रीमा रहेको र यदि खरिद गर्न इच्छुक भएमा निर्णय लिन आग्रहसहितको पत्र पठाइएको थियो। संस्थापक सेयर बिक्री गर्नुभन्दा पहिला मौजुदा सदस्यलाई पहिलो प्रथामिकता दिनुपर्ने व्यवस्थाअनुसार सो पत्र ट्रष्टलाई गएको थियो।

सो पत्रमा प्रतिकित्ता १४ हजार ९८२ रुपैयाँको मूल्यांकन तय भएको पनि जानकारी दिइएको थियो। यदि खरिद गर्न इच्छुक भएमा १० दिनभित्र निर्णय गर्न भनिएकोमा ट्रष्टको सञ्चालक समितमा पनि सो प्रस्ताव पुगेको थियो।

तर ट्रष्टले यस बारेमा कुनै निर्णय लिएन। यो हिसाबले सोही सेयर दुई व्यवसायीले खरिद गरेर अन्नपूर्णमा भित्रिएका छन्। र यसको मूल्य २ अर्ब १५ करोड  ५४ लाख रुपैयाँ रहेको छ।

होटल डेला अन्नपूर्णमा यसअघि ९ जनाको नाममा सेयर छ। जसमा गोरख शमशेर राणाकी दुईजना छोरीको नाममा रहेको सेयर अहिले नेपाल ट्रष्टको नाममा रहेको छ। कुल ५ लाख ६३ हजार ९९० कित्ता सेयर रहेको छ।

जसमा सबैभन्दा धेरै कपिल शमशेर राणाको नाममा ५ लाख ६ हजार कित्ता सेयर रहेको छ। होटलमा ८९ प्रतिशत सेयर कपिल शमशेर राणाको नाममा छ। यहीमध्येबाट गुरुङ र श्रेष्ठले २५ प्रतिशत सेयर खरिद गरेका छन्। 

जग्गा बिक्री भाडामा लगाउन असफल भएपछि सेयर बिक्री

होटल डेला अन्नपूर्णमा नेपाल ट्रष्टको पनि सेयर भएपनि अधिकांश हिस्सा कपिल राणा र सिर्जना राणाको दम्पतीमै रहेको छ। कपिल राणा होटलको व्यवस्थापनबाट टाढा भएपछि पछिल्लो समय सिर्जनाले नै सम्हालेकी थिइन्। सिर्जनाले व्यवस्थापन सम्हालेपछि आएको कोभिड महामारी र व्यवस्थापकीय त्रुटीका कारण आर्थिक समस्या उत्पन्न भयो। 

बढ्दो ऋण र त्यो ऋणको अपचलनका कारणले सिर्जना भएको समस्या झन चर्किँदै गएपछि निश्चित जग्गा बिक्री गर्ने जमर्को राणाले गरेकी थिइन्। तर यसमा दुईवटा समस्या आए। पहिलो त नेपाल ट्रष्टको पनि सेयर भएकाले यसको जग्गा बिक्री गर्नै नमिल्ने भयो। यही कारणले गर्दा हिमालयन रिइन्स्योरेन्सले खरिद गर्ने हल्ला चलेपनि सफल भएन। 

त्यसपछि जग्गा भाडामा दिने तयारी अघि बढ्यो तर यसमा पनि कानूनी अड्चन देखियो। होटल डेला अन्नपूर्णको नाममा रहेको जग्गा हदबन्दीभन्दा माथि पर्छ। हदबन्दीभन्दा बढीको जग्गा भएको उद्योग व्यवसायले जग्गा भाडामा लगाउन पाउँदैन। जुन उद्देश्यका लागि जग्गा चलनभोग हुन्छ सोहीमात्र गर्नुपर्छ यदि उद्देश्य परिवर्तन गर्नुपर्दा मन्त्रिपरिषद्को निर्णय चाहिन्छ। यही कारणले भाडामा दिन पनि असफल भयो। 

दुई अर्बभन्दा धेरै ऋणको दायित्व भएको होटल करिब धरासायी भएपछि त्यसलाई बचाउनका लागि सेयर बिक्री गरेर गुरुङ र श्रेष्ठ भित्र्याइएका हुन्।


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend