मंगलबार, वैशाख १८ गते २०८१    
images
images

जनता आवास कार्यक्रम : तनहुँमा ८३ घर निर्माण

images
images
images
जनता आवास कार्यक्रम : तनहुँमा ८३ घर निर्माण

उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ७० लाख रूपैयाँ बजेट विनियोजन भएकामा हालसम्म ६६ हजार पाँचसय रूपैयाँमात्र खर्च भएको छ।

images
images

तनहुँ- जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ मध्ये ८३ वटा घर निर्माण सम्पन्न भएका छन्।

images
images
images

सूचिकृत भएकामध्ये एक सय ८० जनाले तेस्रो, १२ जनाले दोस्रो र ११ जनाले पहिलो किस्ता लिएर सम्पर्कविहीन रहेका जिल्लास्थित पूर्वाधार विकास कार्यालय जनाएको छ।

images

तेस्रो किस्ता लिएका एकसय ८० जनाले घर निर्माण गरे पनि शौचालय निर्माण नगरेका कारण चौथो (अन्तिम किस्ता) भुक्तानी रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ७० लाख रूपैयाँ बजेट विनियोजन भएकामा हालसम्म ६६ हजार पाँचसय रूपैयाँमात्र खर्च भएको छ।

images

योजनामा रहेका सबै घर सम्पन्न गर्न एक करोड नौ लाख रूपैयाँ बजेट आवश्यक पर्ने देखिएको कार्यालय प्रमुख आचार्यले बताए। उनका अनुसार सहरी विकास तथा भवन निर्माणसम्बन्धी चारवटा योजना रहेको छ। तीनवटा निर्माणाधीन अवस्थामा र एउटा ठेक्का प्रक्रियाको चरणमा रहेको उनले जानकारी दिए। 

images
images

चालु आवमा तनहुँमा १६ योजना कार्यान्वयनमा आउन सकेका छैनन्। योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएका प्रमुख आचार्यले बताए।

'सडक योजना आठ र झोलुंगे पुल आठवटाको निर्माण रोकिएको छ', उनले भने, 'गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेका दुई सय ९५ योजनामध्ये ११ वटा योजना सम्पन्न भएका छन्।'

उनका अनुसार साउनदेखि चैतसम्म नौवटा मोटर मार्गको स्तरोन्नति र दुईवटा गाडी गुड्ने पक्की पुल निर्माण सम्पन्न भएका छन्। रासस

images

प्रकाशित : बुधबार, वैशाख ५ २०८१०२:५३

प्रतिक्रिया दिनुहोस