शुक्रबार, जेठ ४ गते २०८१    
images
images

प्रतिघण्टा १३ हजार तिरेर सडक मर्मत

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
images
images
प्रतिघण्टा १३ हजार तिरेर सडक मर्मत
फाइल तस्बिर

सिमकोट  गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रयास जारी राखेको छ। यसका लागि गाउँपालिकाले निजी एक्साभेटरलाई  प्रतिघण्टा १३ हजार रुपैयाँ खर्च गरिरहेको छ।

images
images

सिमकोट- सिमकोट  गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रयास जारी राखेको छ। यसका लागि गाउँपालिकाले निजी एक्साभेटरलाई  प्रतिघण्टा १३ हजार रुपैयाँ खर्च गरिरहेको छ।

images
images
images

गाउँपालिकाका वडा नं १ दोजाम, २ ठेहे र ३ बरगाउँको बाटो भत्केको आठ महिना बितिसकेको छ। समयमा मरमत नगरिँदा सडक अवरुद्ध बनेको हो। अहिले स्थानीयवासीलगायत आवतजावतमा निकै समस्या भएको छ।

images

भत्किएको सडक गाउँपालिका आफैँले मर्मत गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए। यतिखेर सिमकोट वडा ४ बुराउँसेबाट वडा नं ३ लाङदु बरगाउँ हुँदै वडा नं २ ठेहेसम्मको सडक मर्मत गाउँपालिकाले गरिरहेको वडा नं ३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामाले बताए। आन्तरिक  पर्यटकका लागि रलिङ गुम्बा अति उत्तम स्थान मानिन्छ।  

images
images

मुख्य बाटो भत्कँदा पर्यटकलाई आवतजावतमा निकै सास्ती भएको छ। सिमकोट–१ दोजामसम्म सडक निर्माण गरिसकेपछि मात्र एक्साभेटर फिर्ता भएर पर्यटकीय मार्ग रलिङ गुम्बा जाने सडक निमार्ण गरिने जनाइएको छ। 

images
images

सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध

कर्णाली करिडोरको सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध भएको छ। चार दिनदेखिको लगातार वर्षा भइरहँदा एक हप्तादेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ। वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सिधै कच्ची सडकमा पस्नुका साथै खोलामा रहेको सडक बाढीले अवरुद्ध बनाएको स्याम्नेगाउँका दख्खल महतले बताए।

खोला सडक भएर बगेको छ। सडकका धेरै ठाउँमा चिरा परेको छ। खोलाको पानीले करिब ३०० मिटर सडक बगाएको उनले जानकारी दिए। बाढीले सडक अवरुद्ध बनाउँदा यस क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई थप समस्या बनाएको छ। चिरा परेका सडकमा यातायात सञ्चालन गर्न सम्भव नभएको स्थानीयवासी चीन रावतले जानकारी दिए।

सडक क्षतिग्रस्त हुँदा पनि मर्मत गर्न सरोकारवाला निकाय मौन रहेको उनले बताए। क्षतिग्रस्त सडक सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनामध्ये कसले मर्मत गर्ने भन्ने अन्योल रहेको स्थानीयवासीले बताउने गरेका छन्। सडक अवरुद्ध भएपछि सर्वसाधारण पैदल हिँड्न बाध्य हुँदै आएका छन्। रासस


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend