सोमबार, वैशाख २४ गते २०८१    
images
images

नयाँ प्रविधिका विद्युतीय सवारीसाधन

images
images
images
नयाँ प्रविधिका विद्युतीय सवारीसाधन
images
images

प्रविधिमा हुँदै गइरहेको विकासका कारण सवारीसाधनहरू पनि विकसित भइरहेका छन्। यस्ता केही नयाँ प्राविधिक आविष्कारहरू छन् जुन विद्युतीय सवारीसाधनमाहरूमा अपनाउँदा त्यसको भिन्नता निर्णायक हुने देखिन्छ। 

images
images
images

अटोमोटिभ उद्योग कति टाढा पुग्यो भन्ने कुरा बुझ्नको लागि हामीले विद्युतीय सवारीसाधनलाई दिगोपनमा मात्र होइन अटो क्षेत्रमा कहाँनेर छ भन्ने तुलनात्मक रुपमा समेत चिन्नुपर्छ। जिवास्म इन्धनद्वारा सञ्चालित सवारी साधनहरू अर्थात आईसीई इन्जिनबाट विद्युतीयतर्फ भइरहेको परिवर्तन अध्ययन र अनुसन्धानमा नवीन प्रविधि भित्र्याउन सफल भइरहेको छ। 

images

सवारीसाधन उद्योगले यातायातको विद्युतीकरणमा गरिरहेको परिवर्तनमा प्राविधिक क्षमतामा भएको विकासले मात्र सम्भव भइरहेको हो। त्यसमा विशेषगरी ब्याट्री प्रविधिमा भएको अनुसन्धान र विकास उल्लेख्य छ। यस्ता नयाँ प्रविधिहरू थपिने क्रम पनि जारी नै छ जसले विश्वलाई हरितमार्गमा अग्रसर गराउन सहयोगी भूमिका खेलिरहेको छ। 

images

लिथियम आयन ब्याट्री

images
images

अटोमोटिभ क्षेत्रभित्र, विद्युतीय सवारीसाधनको उपयोगितामा विश्वव्यापी ध्यान बढेको छ। एकपटक अत्याधिक महत्वाकांक्षी र महँगो उद्यम मानिन्थ्यो लिथियम आयन ब्याट्री। तर अहिले भइरहेको नवीन विकासले यसमा निकै फरकपन आइसकेको छ। 

लिथियम आयन ब्याट्री (एलआईबी) को प्रयोगले ईभीको लोकप्रियता र व्यावहारिकता क्रमशः बढ्दै गएको छ। यद्यपि एलआईबीको विषयलाई व्यापक रूपमा समेटिएता पनि आर्थिक, औद्योगिक र प्राविधिक दृष्टिकोणबाट एलआईबीको हालको प्रगतिलाई समेट्ने समीक्षा भएको छैन।

रि-जेनेरेटिभ ब्रेकिङ

यो आधुनिक विद्युतीय सवारीको विशेषता मात्र होइन, यसले चालकका लागि उपयोगी हुने विषयलाई समेत विशेषतायुक्त बनाएको छ। विद्युतीय सवारी नेपालजस्तो सडक भएका ठाउँमा अझ महत्वपूर्ण हुन सक्ने गरी रि-जेनेरेटिभ ब्रेकिङले सहयोग गरिरहेको छ। 

यसको बानी परेपछि विद्युतीय कारहरू चलाउनसमेत सजिलो हुन्छ। रिजेनेरेटिभ ब्रेकिङले चालकलाई सवारी चलाउँदा ऊर्जा बचत गर्न सहयोग पुर्‍याउँछ। यसमा उत्पादकहरूले अझ प्रभावकारी हुने प्रविधिको विकास पनि गर्दै छन्। 

इलेक्ट्रिक मोटर

इलेक्ट्रिक मोटर एक प्रमुख नयाँ प्रविधि हो। तिनीहरूबिना ईभी सम्भव हुँदैन। विद्युतीय मोटर भविष्यको हरेक कारको मुटु हो। कम मर्मत लागत, शून्य ध्वनी प्रदूषण र कुनै उत्सर्जन यसमा समावेश छैन।

सवारी साधनको कार्य सम्पादनको दृष्टिकोणबाट, विद्युतीय मोटरले चालकहरूलाई तत्काल प्रवेग र उच्च स्तरको टर्क प्रदान गर्दछ, जसले तिनीहरूलाई इन्धनमा चल्नेहरू भन्दा बढी उत्तरदायी बनाउँछ।

ब्याट्री व्यवस्थापन प्रणाली

थर्मल व्यवस्थापनबिना कारहरूले आजको स्वीकार्यता प्राप्त गर्न सक्षम हुने थिएनन्। जाडोमा इलेक्ट्रिक कार चलाउँदा चार्जप्वाइन्टको नोटमा देखिएझैँ तापक्रमले ब्याट्रीहरूको दक्षतामा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। अझ महत्त्वपूर्ण कुरा, त्यस्ता प्रभावकारिताहरू यकिन गर्नको लागि विश्वभरका विभिन्न मौसमहरूमा अनुकूल हुनेगरीका विकास आवश्यक छ। 

पावर इलेक्ट्रोनिक्स

सबै इलेक्ट्रिक कारको केन्द्रीय स्नायु प्रणाली पावर इलेक्ट्रोनिक्स हो। यो वर्षौंको खोज र अनुसन्धानबाट विकास भएको हो। आईसीईको मेकानिकल कम्पोनेन्टहरूभन्दा विद्युतीयमा फरक हुने गर्छ। यी ईभी स्वीचहरूद्वारा सञ्चालित हुन्छन्। यसमा एकआपसमा तत्काल सन्देश आदानप्रदान हुन विभिन्न कम्पोनेन्टहरूको विकास भएको हुन्छ। 

नयाँ सम्भावनाहरूको ढोका खोल्दै उन्नत सहायता प्रणालीहरू पहिले नै प्रयोगमा छन् र अधिक स्वायत्त क्षमताहरूतर्फ मार्ग प्रशस्त गर्दै पनि छन्। यी समाधानहरू विभिन्न स्तरमा आउने छन् र ईभी ड्राइभरहरूलाई सडकमा थप सुविधा र आराम मात्र प्रदान गर्नेछन्। यसले कारसहित यसको चालकलाई दिनुपर्ने सुरक्षामा पनि सहयोग गर्छ। 

कार र ग्रिडबीचको सम्बन्ध

कार र ग्रिडबीचको अन्तरसम्बन्धले दिगो भविष्यका लागि ईभीलाई महत्त्वपूर्ण बनाउँछ। सवारीसाधनबाट ग्रिड (भीटूजी) जस्ता समाधानहरूले चालकलाई बढीभन्दा बढी फाइदा लिन सहयोग पुर्‍याउँछ। ठूलो संख्यामा सवारीसाधनहरूका लागि ग्रिड नेटवर्क अप्टिमाइज गर्ने प्रणालीको विकास हुँदैछ। 

कम्पोजिट सामग्री

ईभी उद्योगमा कम्पोजिट सामग्रीहरू गाडीको तौल घटाउन मात्र होइन, यसलाई अझ दिगो बनाउन पनि प्रयोग गर्न सकिन्छ। एसयूभी मोडेलको लागि पाना-मोल्डेड कार्बन प्रयोग त्यसको उदाहरण हो। यस्तोमा असीमित रूपमा पुन: प्रयोग गर्न मिल्ने सामग्रीमा अधिकतम विकासहरू भइरहेको छ। 

चार्जिङ पूर्वाधार

विद्युतीय सवारी साधनका लागि सबैभन्दा महत्वपूर्ण पक्षमा चार्जिङ पूर्वाधार पनि पर्छ। नेपालमा पनि अहिले चार्जिङ पूर्वाधार विकासमा महत्वपूर्ण कामहरू भइरहेका छन्। यो उद्योगमा मेरुदण्ड नै चार्जिङ पूर्वाधार हो। 

कनेक्टिभिटी

कनेक्टिभिटी विद्युतीय सवारीसाधनका लागि आवश्यक प्रमुख भिन्नतामध्ये एक हो। यसले कार उत्पादकहरूलाई नयाँ बिन्दुतर्फ अघि बढ्नसमेत सहयोग गरिरहेको हुन्छ। विद्युतीय कारहरू अहिले डिजिटल रुपमा नै रहेका छन्। जसमा स्मार्टफोन, ट्याबलेट र अन्य अनलाइन सेवाहरूसमेत सपोर्ट भइ दैनिक जीवनमा प्रयोग हुने उपकरणको प्रयोगले सहजता दिएका छन्। 

यस्तो प्रविधिमा थप विकास र विस्तारका लागि नयाँ नयाँ अनुसन्धानहरू समेत भइरहेका छन्। यस्तो तथ्यले भविष्यमा यसको महत्व अझ बढाएर विद्युतीय सवारीको स्वीकार्यता बढाउन सहयोग गर्ने छन्।

images

प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०३

प्रतिक्रिया दिनुहोस