सोमबार, वैशाख २४ गते २०८१    
images
images

ईभीको भविष्य बुझेरै हामी यसमा छौँ, ईटी फाइभले बुझाउने छ स्तरीयता

images
images
images
ईभीको भविष्य बुझेरै हामी यसमा छौँ, ईटी फाइभले बुझाउने छ स्तरीयता
images
images

अहिले हाम्रो देशमा विदेशी मुद्रा सञ्चितिमा देखिने गरेका समस्यामा पेट्रोलियम पदार्थ आयातको हिस्सा पनि ठूलो छ। यस्तोमा हामी जति छिटो बिजुलीतर्फ बढ्न सक्छौँ त्यति नै राम्रो हुन्छ। विद्युतीय सवारी नै देशका लागि भविष्य हो। 

images
images
images

विद्युतीय सवारीमार्फत विद्युत खपत बढ्दै जाँदा हाम्रो व्यापार सन्तुलन बनाउनदेखि दिए विद्युत उत्पादनमा समेत प्रोत्साहन मिल्नेछ। उत्पादन भएका विद्यत खेर नजाउन् भन्नका लागि पनि हामी बिजुलीमय बन्नुपर्ने छ। 

images

अहिले हेर्ने हो भने पछिल्लो दुई वर्षमा नेपालमा १० हजारभन्दा बढी साना गाडी र कमर्सियल विद्युतीय सवारीहरू नेपालमा आएर बिक्री भइसकेका छन्। सामान्य १५/२० लाख रुपैयाँदेखि करोडमाथिका कारहरू बिक्री भइरहेका छन्। यसको बजार निकै राम्रो देखिँदै गइरहेको छ।

images

यसैले पनि जी मोटर्स प्रालिमार्फत अहिले हामी स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ गाडीमा काम गरिरहेका छौँ। यो आयातमा हामी छौँ र यसलाई छिटै नै सार्वजनिक गर्ने तयारीमा रहेका छौँ। 

images
images

स्काइवेलको प्रिमियम सेगमेन्टको ईटी फाइभ ल्याएका हौँ। यो ४४ वटाभन्दा बढी देशमा बिक्री भइसकेको गाडी हो। पछिल्लो समय १० वटाभन्दा बढी देशमा राइटह्यान्ड ड्राइभमा प्लान्ट सुरू भइसकेपछि नेपालमा पनि हामीले यसको आयातका लागि काम गरेर बुकिङ सुरु गरेका हौँ। 

अहिले सरकारले पनि विद्युतीय गाडीमा सहजता गरिदिँदै यसको विस्तारका लागि ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। यसको चार्जिङ पूर्वाधारलगायतका विषयमा निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्ने छ। 

विशेषगरी त सरकारले नीतिगत स्थिरता होस् भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ। व्यवसायीले कुनै पनि व्यवसायमा लगानी गर्छ भने त्यसको भविष्य हेरेर नै गर्ने हो। सरकारले नीतिगत रुपमा स्थिरता दिँदामात्र व्यवसाय फस्टाउन सक्छ। जसको फाइदा राज्यलाई नै हुने छ। नीतिगत स्थिरता नहुँदा व्यवसाय फस्टाउन सक्ने कुरै भएन। दिगो रुपमा गरिएको लगानी सुरक्षित बनाउन सरकारले हरेक वर्षजस्तो नीतिमा फेरबदल गरिदिनु हुँदैन। 

डरैडरमा व्यवसाय हुन सक्दैन। लगानीकर्ताको भावनालाई सरकारले बेवास्ता गरिदिन मिल्दैन। व्यवसायीले नाफा-नोक्सानको जोखिम हेरेर गरेको कामलाई नीति निर्माता तहबाट आक्रमण गरिदिन हुँदैन। 

अहिले नेपालमा हेर्दा विद्युतीय सवारीको बिक्री निकै राम्रो छ। धेरै ब्रान्डहरू आएर बिक्रीमा गइसकेका छन्। उपभोक्ताहरू पनि विद्युतीय सवारीलाई लिएर उत्साहित नै भइरहेको देखिन्छ। खरिद र प्रयोगपछि सबैले सन्तुष्टी मिलेको नै कुरा सुनाइरहनु भएको हुन्छ। 

केही उपभोक्ताले चार्जिङको विषयमा डर राख्नुभएको देखिन्छ। उपत्यकाबाहिर जाँदा चार्जिङमा समस्या हुने हो कि भन्ने कुरा सुनिन्छ। प्राधिकरणले राखेका केही चार्जिङ स्टेसनमा बिग्रिएको विषयका समस्याहरू पनि छन्। ती सुधार भइ नै हाल्छन्। अहिले ठाउँ-ठाउँमा चार्जिङ पूर्वाधार बनेकाले त्यसमा ठूलो समस्या हुँदैन। पूर्वाधार थपिने क्रम पनि चलिरहेको नै छ। 

उपभोक्ताले आफ्नो सवारी चार्ज गर्दा आरामले बस्न मिल्नेगरीका सुविधाहरू पनि हुनुपर्छजस्तो लाग्छ। केही समय पर्खनुपर्दा राम्रोसँग बस्न सकिने र खानपान गर्न मिल्नेलगायतका अन्य सुविधाहरू हुँदा पनि सहज हुन्छ। नेपालमा दसैँतिहारको समयमा त अत्याधिक चाप नै हुन्छ। त्यो समयको मागलाई हेरेर पनि कामहरू गर्न सकियो भने राम्रो हुन्छ।

हामीले आयात गर्दै गरेको ईटी फाइभ नेपालमा अहिलेसम्म भएकामा सबैभन्दा लामो दुरी तय गर्न सक्ने गाडी हो। यसको रेन्ज ६२० किलोमिटरको रहेको छ। यसमा अरू सबै प्रिमियम फिचरहरू रहेका छन्। 

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।

स्काइवेल ईटी फाइभ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ।

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। 

केही साताअघि विराटनगरदेखि साँखेजुङसम्म मोटर र्‍यालीमा पनि ईटी फाइभमार्फत म आफै पनि सहभागी भएको थिएँ। एसयूभी ईटी फाइभले २० वटा अन्य अफरोडमा चलाइने जिप तथा पिकअपसँगै उक्त र्‍याली इटहरी, धरान, भेडेटार एवं तमोर करीडोर हुँदै फिदिम बजारबाट इलामको शाखेजुंगमा क्याम्पमा रात्रीकालीन बास बसी पुन: भोलिपल्ट इलाम फिक्कल, बिर्तामोड र दमक हुँदै इटहरीबाट विराटनगरमा सम्पन्न भएको थियो।

यो यात्रापछि पनि विद्युतीय सवारीलाई लिएर हाम्रो आत्मविश्वास बढेको छ। यही विश्वास उपभोक्ताहरूले पनि पाउनुहुनेछ। जस्तोसुकै सडकमा यात्रा गर्दा पनि यसमा चार्जिङका साथै आरामदायी हुने विषयमा कुनै समस्या हुने छैन। 

(कैलाशबाबु गेलाल १६ वर्षदेखि नेपाली अटोक्षेत्रका व्यवसायी एवम् स्काइवेलका इम्पोर्टर हुन्।)

images

प्रकाशित : शनिबार, वैशाख १ २०८११२:००

प्रतिक्रिया दिनुहोस