आइतबार, वैशाख २३ गते २०८१    
images
images

बीवाईडी प्रयोगकर्तालाई विश्वस्तरीय सर्भिस उपलब्ध गराइरहेका छौँ

images
images
images
बीवाईडी प्रयोगकर्तालाई विश्वस्तरीय सर्भिस उपलब्ध गराइरहेका छौँ

विगतमा चिनियाँ गाडीहरुको सर्भिसमा ग्राहकको विश्वास अलि कमजस्तो थियो। तर हामीले त्यसलाई चिर्नेगरी काम गरिरहेका छौँ।

images
images

जुनकुनै सवारीसाधन खरिद गरेपछि त्यसलाई नियमित रुपमा सर्भिसिङ गराउनुपर्छ। नियमित र गुणस्तरीय सर्भिस समयमै पाउन सकिएन भने सवारीसाधनको पर्फमेन्समै समस्या आउन सक्छ। सोहीकारण सबैजसो सवारी बिक्रेताले बिक्रीपछिको सेवा र स्पेयर पार्टसको उपलब्धतामा ध्यान दिने गरेका छन्।

images
images
images

विद्युतीय सवारी संसारभर विकास हुँदै गरेको नयाँ प्रविधि हो। यसबारेमा अध्ययन गर्दै सिक्दै गुणस्तरीय सर्भिस दिनेक्रम बढ्दो छ। साइमेक्स इंक प्रालिले नेपालमा २०१७ देखि नै बीवाईडीका विद्युतीय सवारी उपलब्ध गराउँदै आएको छ। बीवाईडीका ग्राहकले गाडी त खरिद गर्नुभयो। खरिदपछि ग्राहकलाई सर्भिसमा के हुन्छ, चार्जिङ र चार्जरहरु तथा बीवाईडीका सर्भिस सेन्टर कहाँ-कहाँ छन्? यस विषयमा जिज्ञासा आउने गरेको मैले पनि पाएको छु, जुन स्वाभाविक पनि हो।

images

विद्युतीय गाडीमा कस्तो सर्भिस गर्नुपर्छ भनेर प्रश्न आइरहेका छन्। विशेषतः डिजेल/पेट्रोल गाडीमा जस्तो धेरै मुभेवल पार्टपुर्जा विद्युतीय कारमा हुँदैन। तर पनि केही मुभेवल सामानहरु विद्युतीय गाडीमा छन्। टायर, ब्रेक प्याड, टाइरड, शक एब्जर्बर लगायतका सामानहरु हुन्छन् नै। विद्युतीय गाडीमा पनि गियर आयल, कुल्याण्ट, रेफ्रिजरेण्ट, स्टेरिङ आयल आदि हुन्छ। यो पनि समयसमयमा चेक गर्ने एवम् कम्पनीको मापदण्डअनुसार फेर्नुपर्छ।

images

विद्युतीय गाडीको प्रविधि पहिलेको आईसी इन्जिनको तुलनामा अलि फरक छ। प्रविधिका कारण ईभीहरु ब्याट्री, मोटर, इलेक्ट्रोनिक कन्ट्रोल युनिट, ट्रान्समिसन सिस्टम, युजर इन्टरफेस सफ्टवेयरबाट चल्ने गर्छ। बीवाईडीका कारहरु अझैबढी ग्राहकमैत्री प्रविधियुक्त छन्। जसले सफ्टवेयरमा आउने बग्सहरु रिमुभ गर्न मद्दत गर्दछ। साथै नयाँ फिचरहरुको प्रयोग गर्न सफ्टवेयरको नियमित अपटेड गर्नुपर्छ।

images
images

सन् २०१७ देखि बीवाईडीको बिक्री सुरु भएको हो। बिक्रीपछिको सेवामा पनि क्रमश: विस्तार गरिरहेका छौँ। काठमाडौंको गौरीघाटबाट बीवाईडीको केन्द्रीय सर्भिस सेवा दिइरहेका छौँ। ललितपुरको गुसिंगाल र भक्तपुरको राधेराधेमा एक-एक वटा सर्भिस सेन्टर २ महिनाभित्रै लिएर आउँदैछौँ।

त्यसैगरी देशका सबै मुख्य आठ सहरहरुमा हाम्रो बिक्रीपछिको सेवा/सर्भिस उपस्थित भइसकेको छ। भएका सर्भिस सेन्टरहरु पनि हामी अपग्रेड गर्दैछौँ। सर्भिस सेन्टरहरुलाई बीवाईडीको स्ट्यान्डर्ड मापदण्डमा अपग्रेड गरिरहेका छौँ। यो काम पनि ४५ दिनभित्रै सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको छ। ८ वटा सर्भिस सेन्टर चलिरहेको छ भने पाँच वटा ब्राउन फिल्डमा काम भइरहेको छ।

पहिलेको बीवाईडीका गाडीहरुमा ४० किलोवाटको अनबोर्ड चार्जर हुने भएकाले एसी चार्जिङबाट नै फास्ट चार्जिङ हुन्थ्यो। ४० किलोवाटको एसी चार्जिङको नेटवर्कमा बीवाईडीको बलियो उपस्थिति छ। पूर्वदेखि पश्चिम नेपालसम्म ४० किलोवाट क्षमतमा १५ वटा एसी फास्ट चार्जिङ स्टेसन छन्।

अहिले नयाँ प्रविधिमा आएसँगै ७ किलोवाटको अनबोर्ड चार्जर रहेको छ जसको कारण अहिलेका गाडीहरूले ७ किलोवाटसम्म मात्र एसी चार्ज लिने गर्दछ तर डीसी चार्ज ६० देखि ८० किलोवाटसम्म चार्ज लिने गर्दछ जुन छिटो हुने गर्दछ। त्यसैले हामी अहिले डीसी चार्जर नेटवर्क विस्तारमा मा गइरहेका छौँ। अहिले साइमेक्सले ३३ वटा डीसी फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा ल्याएको छ। यो चाहिँ हरेक शोरुम तथा ग्राहकलाई सहजता हुने गरी प्रमुख सहरको पायक पर्ने स्थानमा राखेका छौँ।

अबको केही महिनामै अरू डीसी फास्ट चार्जहरु राख्ने र चार्जर म्यानेजमेन्ट प्रणाली (सीएमएस)लाई एपको माध्यमबाट चार्ज प्वाइन्ट अपरेशन समय सापेक्षिक अपग्रेड गराउने गरी काम गरिरहेका छौँ।

अहिले बीवाईडीको काठमाडौं बाहिर विर्तामोड, विराटनगर, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढीमा उपस्थिति छ। यसबाहेक नयाँ वर्कशस इटहरी, जनकपुर, विरगञ्ज, ललितपुर, भक्तपुर, दाङमा उपस्थिति जनाउने गरी ब्राउन फिल्डमा काम भइरहेको छ।

नेपालमा पनि बीवाईडीको उपस्थिति दिनदिनै बढ्दो छ। एकपटक गाडी बिक्री गर्नुमात्रै ठूलो विषय होइन। बिक्रीपछिको सेवा तथा सर्भिस अझ ठूलो र विशेष कुरा हो। विगतमा चिनियाँ गाडीहरुको सर्भिसमा ग्राहकको विश्वास अलि कमजस्तो थियो। तर हामीले त्यसलाई चिर्नेगरी काम गरिरहेका छौँ।

बीवाईडी चीनमा मात्र नभइ अहिले ग्लोबल ब्रान्डका रुपमा स्थापित भइसकेको छ। युरोप, अष्ट्रेलिया, जापानलगायत विश्वका धेरै देशहरुमा बीवाईडीका विद्युतीय कार बिक्री भइरहेको छ। एसियामा थाइल्याण्ड, सिंगापुर, भारत र मलेसियाजस्ता देशमा बीवाईडीको गाडी बिक्री र सर्भिस सेन्टर बनाउने क्रम बढ्दो रहेको छ।

दक्षिण एसियाको श्रीलंका, बंगलादेश, भारत, पाकिस्तानमा पनि बलियो रुपमा उपस्थित हुँदैछ। जसले गर्दा बीवाईडी ग्लोबल ब्राण्ड बनेको छ र भविष्यमा सहज स्पेयर्स पार्टस्‌को प्रत्याभूति गर्न सकिन्छ।

बिक्रीपछिको सेवा अति नै विशेष हुन्छ। ग्राहकलाई सन्तुष्ट बनाउन साइमेक्सले बीवाईडीसँगको सहकार्यमा ग्राहकलाई छिटो सर्भिस दिन सक्नेगरी सर्भिस पूर्वाधार तथा दक्ष जनशक्तिको विकास गरिरहेको छ।

हामीले सबै सर्भिस सेन्टरमा आवश्यकता अनुसार, सम्भावित र चाहिने स्पेयर पार्टस् राखेका छौँ। हामीले हाम्रो जनशक्तिलाई पनि नियमित रुपमा तालिम दिइरहेका छौँ। बीवाईडीबाट नै तालिम प्राप्त प्राविधिकहरु पनि हामीसँग छन्। नेपालमा नै आएर तालिम सञ्चालन भइरहेको छ। जनशक्तिलाई समय सापेक्षिक तथा नयाँ प्रोडक्ट आएसँगै तालिम पनि दिइरहेका छौँ। ग्राहक सन्तुष्टीको लागि बीवाईडीबाट आवश्यक पर्दा निरन्तर अनलाइन एवम् अफलाइन सपोर्ट हुने गर्छ।

हामी सर्भिस तथा चार्जिङ क्षेत्रमा थप नयाँ काम गर्दैछौँ। यसमा पनि हामी फरक पहिचान दिन खोजिरहेका छौँ। हामीले बिक्रीपछिको सेवा लक्षित वार्षिक क्यालेन्डर बनाएर काम गरिरहेका छौँ।

अर्को बजारमा ब्याट्री व्यवस्थापनको प्रश्न उठ्न थालेको छ। बीवाईडीको ब्याट्रीमा १ लाख ६० हजार किमी वा ८ वर्षको वारेन्टी दिइएको छ। त्यस्तै यो वारेन्टी ब्याट्रीको इफिसियन्सी ७० प्रतिशत र ३ हजार चार्जिङ साइकलसम्म रहनेछ। यो बजारमा उपलब्ध ईभी ब्रान्डमध्ये बेस्ट हो। यो विषयमा कम्पनी विश्वस्त नै छ। सानोतिनो केही समस्या कहिलेकाहीँ आए पनि अहिलेसम्म ब्याट्रीमा समस्या आएको छैन। यसको ब्याट्री व्यवस्थापनमा कुनै समस्या नआउनेमा कम्पनी तथा हामी विश्वस्त छौँ।

आवश्यक पूर्वाधारको अभावले अहिलेका लागि चाहिँ पुन: प्रयोगका लागि तेस्रो देशमा लैजाने गरी प्लान गरेका छौँ। यसका लागि भारतको एउटा कम्पनीसँग हामीले सम्झौता गरेका छौँ। यसमा अहिलेसम्म रिसोर्स उपलब्ध छैन भने बीवाईडीसँग पनि यस विषयमा कसरी अगाडि बढ्ने भनेर योजना बनाइरहेका छौँ।

बीवाईडीका प्रोडक्टमा समग्र ग्राहक सन्तुष्ट भएको हामीले पाएका छौँ। ग्राहकबाट खासै कुनै पनि कम्प्लेन पाइएको छैन। सात वर्ष पुरानो ई-सिक्स गाडीहरु पनि कुनै समस्या नभइकन नयाँ जस्तो गुडेको पाएको छु। ग्राहकहरुको केही गुनासो आइहाल्यो भने पनि तुरुन्तै सम्बोधन गरिरहेका हुन्छौँ। सर्भिसको पाटोमा पनि ग्राहक सन्तुष्ट नै छन्। हामीले पनि ग्राहकलाई परिवार सम्झेर काम गरिरहेका छौँ। 

बीवाईडी जुन रुपमा विश्वव्यापी ब्रान्डका रुपमा स्थापित भएको छ त्यही तहमा नेपालमा पनि साइमेक्सले बीवाईडीका सवारीमा सर्भिस तथा स्पेयर पार्टस उपलब्ध गराउन सक्षम र प्रतिबद्ध छ। बीवाईडीका ग्राहकहरूको चाहना र सुविधालाई मध्यनजर गर्दै निकट भविष्यमा सीमकार्ड र बीवाईडी एप को सुरूवात गर्न लागिएको छ।

बीवाईडीका उत्पादन प्रविधि र सर्भिस कस्तो छन् भन्ने कुरा त ७ वर्षदेखि नेपाली बजारमा ई-सिक्स कुदिरहेको दृष्टान्त नै छ। त्यतिबेलाको ई-सिक्स मोडलका ब्याट्रीलगायतमा समस्या छैनन्। ती गाडीलाई पनि हामीले सर्भिस दिइरहेका छौँ। ग्राहकहरु सन्तुष्ट छन्। त्यस्तै साइमेक्सले सीमकार्ड तथा बीवाईडी एपसमेत ल्याउने तयारी गरिरहेको छ। यसले बीवाईडीका कार चलाउने   उपभोक्तालाई थप सुविधा प्रदान गर्नेछ।

(तण्डुकार बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकका सर्भिस हेड हुन्।)

images

प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०३

प्रतिक्रिया दिनुहोस