शुक्रबार, जेठ ४ गते २०८१    
images
images

दुई खर्ब पुग्यो विदेशी लगानी, सबैभन्दा बढी भारतबाट  

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
images
images
दुई खर्ब पुग्यो विदेशी लगानी, सबैभन्दा बढी भारतबाट  

विदेशी लगानी आउन थालेदेखि आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ९८ अर्ब ५२ करोड रहेको नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ। अहिले यो लगानी २ खर्ब नाघिसकेको छ। 

images
images

काठमाडौं- नेपालमा हालसम्म दुई खर्ब विदेशी लगानी पुगेको छ। 

images
images
images

विदेशी लगानी आउन थालेदेखि आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ९८ अर्ब ५२ करोड रहेको नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ। अहिले यो लगानी २ खर्ब नाघिसकेको छ। 

images

केन्द्रीय बैंकले विदेशी लगानीमा सञ्चालित १९८ वटा कम्पनीको नमूना छनोट गरी गरेको सर्वेक्षणबाट २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले बढेको हो। 

images
images

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । 

images
images

२०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात्  ६२ अर्ब ४५ करोड र त्यसपछि क्रमश: चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरवाट १२ अर्ब ४३ करोड  रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। 

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३ प्रतिशत सेवा क्षेत्रमा रहेको छ। औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ।  


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०६:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend