आइतबार, भदौ २३ गते २०८१    
images
images

प्रचण्डको अभिव्यक्तिले घटेको सेयर बजारलाई टेकाे लगाउने अर्थमन्त्रीको प्रयास, के अब सुधार होला?

images
सोमबार, मंसिर २७ २०७८
images
images
प्रचण्डको अभिव्यक्तिले घटेको सेयर बजारलाई टेकाे लगाउने अर्थमन्त्रीको प्रयास, के अब सुधार होला?
images
images

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारबारे गरेको टिप्पणीले सोमबार बिहानैदेखि घटेको बजार २ बजेपछि भने केही सम्हालियो। प्रचण्डको अभिव्यक्तिले सोमबार कारोबार सुरु भएको दुई घण्टामै १०० अंकले बजार घटेको थियो। 

images
images
images

सोमबार दुई घण्टामै बजार १००.६१ अंकले घटेर २२६०.६३ अंकमा आइपुगेको थियो। तर सेयर लगानीकर्ताको तारोमा माओवादी पार्टीलाई पार्न थालेपछि अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारप्रति आफू सधैँ सकारात्मक भएको अभिव्यक्ति दिए। त्योसँगै १०० अंकले घटेको बजार पुनः सम्हालिन थाल्यो। सोमबारको बजार अन्तिममा ७९.२३ अंकले घटेर बन्द भएको छ।

सोमबार ३ अर्ब ९९ करोड ५६ लाख रूपैयाँको कारोबार भएको छ। सेयर बजार आइतबार ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा रोकिएको थियो।

अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन्। सोमबार दिउँसो बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सेयर बजारमा मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने बताएका थिए। 

images

'अर्थमन्त्रीले सेयर बजार घटायो भन्छन्, यथार्थ त्यसो होइन। लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ। म प्रतिवद्ध छु' उनले भनेका छन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा पुँजीको लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए। सेयर बजारलाई साम्राज्यवादको विस्तारित रुप भएको भन्दै उनले चर्को आलोचना गरेका थिए।

सेयर बजार साम्राज्यवादको विस्तारित रुप भएको र यसले संसारका ८० प्रतिशत नागरिकलाई भोका नांगा बनाएको समेत प्रचण्डले बताएका थिए। योसँगै आक्रोशित सेयर लगानीकर्ताहरूले ‘नो भोट’ को अभियान नै चलाएका थिए। योसँगै समस्यामा परेका अर्थमन्त्री शर्माले अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको बताउँदै मन्त्रालयले गर्नुपर्ने काम गरिरहेको स्पष्टसमेत पारेका थिए। 

सेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ काम भइरहेको समेत बताउन भ्याएका थिए।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए। अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै उनले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रहसमेत गरेका थिए।  

'धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो। घटाउने मान्छे कहाँ-कहाँ हुन्छन्। कसले घटाउछन्, कसले बढाउछन् त्यही संस्थालाई थाहा होला', मन्त्री शर्माले भने,'लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर छ। त्यसतर्फ ध्यान पनि दिइएको छ' उनले भनेका छन्। 

यो पनि-

प्रचण्डको अभिव्यक्तिले घटेको सेयर बजारलाई टेकाे लगाउने अर्थमन्त्रीको प्रयास, के अब सुधार होला?

सेयर लगानीकर्ताको ‘नो भोट’ अभियानमा प्रचण्डको धावा, भन्छन् - पुँजी बजार साम्राज्यवाद हो


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend