आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

श्री एयरलाइन्सको धनगढी उडानमा चरम लापरबाही : इन्जिनियर र एमआरओ निलम्बनमा

ठूलाे दुर्घटनाबाट जाेगिएकाे प्राधिकरणकाे निष्कर्ष, सामान्य रुपमा नलिइने

images
बुधबार, चैत ७ २०८०
images
श्री एयरलाइन्सको धनगढी उडानमा चरम लापरबाही : इन्जिनियर र एमआरओ निलम्बनमा
images
images

काठकमाडाै‌- धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज अवतरणपछि जहाजको नोज गियर उछिट्टिएको घटनामा दुईजना इन्जिनियर र जहाज मर्मतका लागि छनोट भएको एमआरओ निलम्बनमा परेका छन्।

images
images
images

प्राधिकरणले नाइन एन एएनएस कल साइन भएको जहाज उडानभन्दा अगाडि मर्मतमा सहभागी दुईजना इन्जिनियरलाई तत्काल निलम्बनमा राख्ने निर्णय गरेको हो। साथै जहाज मर्मत कार्यमा कम्पनीले छनोट गरेको एमआरओलाई समेत तत्काल निलम्बनमा राख्ने निर्णय गरेको छ।

images
images

गएको सोमबार राति ८ बजेको आसपासमा श्री एयरलाइन्सको फ्लाइट नम्बर २२७ को जहाज धनगढीमा अवतरण भएको थियो। जहाजमा ७५ जना यात्रु थिए। अवतरणपछि जहाज पार्किङ वेमा लगेर यात्रु झारिसकेपछि पाइलटले नोज गिएरमा केही खराबी भएको आशंका गरेका थिए। पाइलटले हेर्दा नोज गियरमा एउटा चक्का नै देखेनन्। खोज्दै जाँदा नोज गियर रनवे र ट्याक्सी वेको टर्निङ पोइन्टको चौरमा फेला परेको थियो।

images
images

नोट गियर उछिटिँदा पनि ककपिटमा कुनै इन्डिकेसनले जानकारी नगराएको पाइलटले प्राधिकरणको आन्तरिक छानबीन टिमलाई जानकारी दिएका छन्। प्राधिकरण स्रोतका अनुसार यो सामान्य घटना होइन। यो ठूलो दुर्घटनाबाट टरेको हो।

उक्त घटनापछि मंगलबार प्राधिकरणले श्री एयरलाइन्सको सबै जहाजको तापक्रमलगायत गियरको परीक्षण गरेर मात्रै उडान गर्न दिएको थियो। 

जब श्री एयरको जहाजको नोज गियरको एउटा चक्का रनवेमै पड्कियो जब श्री एयरको जहाजको नोज गियरको एउटा चक्का रनवेमै पड्कियो

प्राधिकरण स्रोतका अनुसार नोज गियरमा समस्या हुँदा पनि ककपिटमा कुनै इन्डिकेसनबाट जानकारी नहुनुमा जहाज उत्पादक कम्पनीकै कमजोरी भएको हुनसक्ने अनुमान गरिएको छ।

प्राधिकरणले सुक्ष्म अध्ययन गरिरहेको र उत्पादक कम्पनीको विस्तृत रिपोर्ट कुरिरहेको स्रोतले जानकारी दिएको छ। 

प्राधिकरणले श्री एयरलाइन्सको मर्मतमा नै केही लापरबाही भएको हो कि भनेरसमेत गहन अध्ययन गरिरहेको छ। श्रीको जहाजमा पछिल्लोपटक बारम्बार समस्या देखिइरहेको छ। अब प्राधिकरणले जहाज उत्पादक कम्पनीको रिपोर्टपछि यसबारे थप निर्णय लिने छ। 


प्रकाशित : बुधबार, चैत ७ २०८०१८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend