शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जब श्री एयरको जहाजको नोज गियरको एउटा चक्का रनवेमै पड्कियो

मंगलबार, चैत ६ २०८०
जब श्री एयरको जहाजको नोज गियरको एउटा चक्का रनवेमै पड्कियो

जहाज सोमबार साढे ८ बजेतिर ल्यान्ड भएको थियो। जहाज पार्किङ वेमा आएपछि मात्रै नोज गियरको एउटा चक्का नभएको थाहा भएको थियो।

काठमाडौं- श्री एयरको एउटा जहाज सोमबार रातिदेखि धनगढी विमानस्थलमा ग्राउन्डेड भएर बसेको छ। सोमबार ७५ जना यात्रु बोकेर धनगढी विमानस्थलमा अवतरण भएको जहाजको नोज गियरको एउटा चक्का पड्किएको थियो।

कल साइन 'नाइन एन एएनएस' फ्लाइट नम्बर २२७ को जहाज अवतरणपछि पार्किङ वेमा पुगेपछि मात्रै नोज गियरको बाँया चक्का नभएको भेटिएको थियो। चक्का रनवेमा नै पड्किएको पछि थाहा भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ। 

जहाज सोमबार साढे ८ बजेतिर ल्यान्ड भएको थियो। जहाज पार्किङ वेमा आएपछि मात्रै नोज गियरको एउटा चक्का नभएको थाहा भएको थियो।

रनवेमा नोज गियरको चक्का पड्कनु सुरक्षाको हिसाबले खतरापूर्ण हो। नोज गियरको चक्का पड्केर रनवेमा लामो समयसम्म बेरिङ घर्षण भएको अवस्थामा जहाजमा आगलागी हुन सक्छ।

अहिले जहाज धनगढी विमानस्थलमा मै ग्राउन्डेड भएको विमानस्थल कार्यालयले जनाएको छ। अब जहाज मर्मतपछि मात्रै उडान गर्न मिल्छ।

चक्का रनवेमा नै पड्किएको हो या ट्याक्सीवेमा पड्किएको हो भन्नेलगायत विषयमा अनुसन्धान भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 


प्रकाशित : मंगलबार, चैत ६ २०८०११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend