आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

एओसी नै निलम्बनमा परेको मनाङ एयरले भित्र्यायो नयाँ हेलिकोप्टर

एकपछि अर्को दुर्घटनाले हेलिकोप्टरविहीन भएको मनाङ आक्रामक बजार बिस्तारमा जाँदै

images
बुधबार, चैत ७ २०८०
images
एओसी नै निलम्बनमा परेको मनाङ एयरले भित्र्यायो नयाँ हेलिकोप्टर
images
images

काठमाडौं- तीन महिनाकै अन्तरालमा भएका दुईवटै हेलिकोप्टर दुर्घटनामा परी हेलिकोप्टरविहीन भएको मनाङ एयरले एउटा हेलिकोप्टर भित्र्याएको छ। हेलिकोप्टरविहीन भएको मनाङ एयरको 'एओसी'समेत निलम्बन भएको थियो। 

images
images
images

पछिल्लोपटक असोज २७ गते मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो। त्यसभन्दा अगाडि असार २६ मा मनाङको हेलिकोप्टर दुर्घटना भएको थियो। लगातार दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि मनाङ एयर हेलिकोप्टरविहीन भएको थियो। 

images
images

पाँच महिनापछि कम्पनीले हेलिकोप्टर किनेको हो। एयरबस कम्पनीले सन् २०२३ मा उत्पादन गरेको एच १२५ (बीथ्रीई) हेलिकोप्टर बुधबार मनाङले काठमाडौं ल्याइपुर्‍याएको छ।

images
images

आधा अर्बको लगानीमा हेलिकोप्टर भित्र्याएको मनाङले निलम्बनमा परेको एओसी ब्युँताउने र अबको पर्यटकीय सिजनबाट नै उडानमा फर्कने जनाएको छ। 

तीन महिनामै मनाङ एयरको दुई हेलिकोप्टर दुर्घटनामा दुई सञ्चालक पाइलट गुमाएको थियो। मनाङले असार २६ गते र असोज २७ गते भएको दुई वटा हेलिकोप्टर दुर्घटनामा दुई जना सञ्चालक पाइलट चेतबहादुर गुरुङ र प्रकाशकुमार सेढाइँ गुमाएको थियो। 

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा दुई पाइलटसहित ७ जनाले ज्यान गुमाएका थिए। असार २६ को दुर्घटनामा पाइलट गुरूङसहित ६ जना र असोज २७ गते भएको दुर्घटनामा भने पाइटल सेढाइँ घाइते भएका थिए। उनको उपचारको क्रममा भारतमा निधन भएको थियो।

३ महिनामै मनाङ एयरको २ हेलिकोप्टर दुर्घटना- २ सञ्चालक पाइलट सहित ७ जनाले गुमाए ज्यान ३ महिनामै मनाङ एयरको २ हेलिकोप्टर दुर्घटना- २ सञ्चालक पाइलट सहित ७ जनाले गुमाए ज्यान


प्रकाशित : बुधबार, चैत ७ २०८०१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend