शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

३ महिनामै मनाङ एयरको २ हेलिकोप्टर दुर्घटना- २ सञ्चालक पाइलट सहित ७ जनाले गुमाए ज्यान

पर्यटकीय सिजनमै हेलिकोप्टर बिहीन मनाङ, एओसी पनि निलम्बन

images
बुधबार, कात्तिक ८ २०८०
images
images
३ महिनामै मनाङ एयरको २ हेलिकोप्टर दुर्घटना- २ सञ्चालक पाइलट सहित ७ जनाले गुमाए ज्यान

 उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको थियो। काठमाडौंमा उपचार हुन नसकेपछि सेढाइँलाई एयरएम्बुलेन्स मार्फत उपचारका लागि भारत लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको हो।

images
images

काठमाडौं- ३ महिनामै मनाङ एयरले २ सञ्चालक पाइलट गुमाएको छ। मनाङले असार २६ गते र असोज २७ गते भएको २ वटा हेलिकोप्टर दुर्घटनामा २ जना सञ्चालक पाइलट गुमाएको हो।

images
images
images

मनाङले पाइलट चेतबहादुर गुरुङ र प्रकाशकुमार सेढाइँ गुमाएको हो। मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा २ पाइलट सहित ७ जनाले ज्यान गुमाएका हुन्।

मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ। गत असोज २७ गते शनिबार हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो।

images

उपचारकै क्रममा आज सोही अस्पतालमा उनको निधन भएको मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए। काठमाडौंमा उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो।

images

अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो। मनाङ एअरको हेलिकप्टर नाइन एन-एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो।

उनले उडाएको हेलिकोप्टर गत असोज २७ गते  बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए।

सेढाइँलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो। नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ।

यसअघि असार २६ गते भएको मनाङ एयरकै हेलिकोप्टर दुर्घटनामा पनि सञ्चालक चेतबहादुर गुरुङको निधन भएको थियो। उक्त दुर्घटनामा पाइलट गुरुङ सहित ६ जनाको निधन भएको थियो।

मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर  गुरुङसहित मेक्सिकन नागरिकहरू सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिकको निधन भएको थियो।

असार २६ गते दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर २५ असार राति लुक्लामा बसेको थियो। २६ गते मंगलबार बिहान लुक्लाबाट उडेर सुर्केमा अवतरण गरेको थियो। सुर्केमा रिफिलिङ गरेर हेलिकप्टर माउन्टेन उडानमा गएको थियो।

माउन्टेन उडानपछि पुन: सुर्केमा नै अवतरण गरी रिफिलिङ गरेर काठमाडौंका लागि उडान भरेको थियो। तर हेलिकोप्टर बादल भित्र छिरेको थियो। बादलमा छिरेको हेलिकोप्टर दुर्घटनामा परेको थियो।

योसँगै ३ महिनामै मनाङका २ वटा हेलिकोप्टर दुर्घटनामा परे। पहिलो दुर्घटनामा चालक गुरुङ सहित ६ जनाको निधन भएको थियो भने असोज २७ गते भएको दुर्घटनामा भने चालक सेढाइँ मात्रै सवारी थिए।

अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै हेलिकोप्टरमा आगोलागी भएको थियो। नजिकै रहेहरुले सेढाइँलाई उद्धार गरेपनि उनको शरीरको केही भाग जलेको थियो।

उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको थियो। काठमाडौंमा उपचार हुन नसकेपछि सेढाइँलाई एयरएम्बुलेन्स मार्फत उपचारका लागि भारत लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको हो।

योसँगै मनाङ एयर हेलिकोप्टर बिहीन भएको छ। उसको उडान प्रमाण पत्र निलम्बन गरिएको छ। मनाङ एयर हेलिकोप्टर बिहीन मात्रै भएको छैन २ दुर्घटनामा २ सञ्चालकसमेत गुमाएको छ।


प्रकाशित : बुधबार, कात्तिक ८ २०८००९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend