शनिबार, वैशाख २२ गते २०८१    
images
images

उतारचढावबीच सेयर बजारमा सामान्य वृद्धि, २ अर्ब ८८ करोडको कारोबार

images
images
images
उतारचढावबीच सेयर बजारमा सामान्य वृद्धि, २ अर्ब ८८ करोडको कारोबार
images
images

काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार ओरालो लागेको सेयर बजार दोस्रो कारोबारमा सोमबार सम्हालिएको छ। सोमबार सामान्य वृद्धितर्फ लागेको बजारमा उतारचढावकै स्थिति देखिन्छ। 

images
images
images

सोमबार ३.२७ अंकले बढेर बजार २०७३.५३ बिन्दुमा पुगेको छ। १४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ। ८५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

गएको साता समग्रमा ५०.३६ र त्यसअघिको साता ७०.२६ अंकले बढेको सेयर बजार यो साता भने पहिलो कारोबारमा नै ओरालोतिर लागेको थियो। आइतबार बजार १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा झरेको थियो। 

images

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजारमा पुन: उतारचढाव भइरहेको हो। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

images
images

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षा गरेका छन्। थग नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्। 

पुँजी बजारबारे सरकारले लिने जस-अपजसले प्राकृतिक घटबढ बिगार्न मलजल पुँजी बजारबारे सरकारले लिने जस-अपजसले प्राकृतिक घटबढ बिगार्न मलजल

images

प्रकाशित : सोमबार, चैत ५ २०८००३:०३

प्रतिक्रिया दिनुहोस