शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

उतारचढावबीच सेयर बजारमा सामान्य वृद्धि, २ अर्ब ८८ करोडको कारोबार

सोमबार, चैत ५ २०८०
उतारचढावबीच सेयर बजारमा सामान्य वृद्धि, २ अर्ब ८८ करोडको कारोबार

काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार ओरालो लागेको सेयर बजार दोस्रो कारोबारमा सोमबार सम्हालिएको छ। सोमबार सामान्य वृद्धितर्फ लागेको बजारमा उतारचढावकै स्थिति देखिन्छ। 

सोमबार ३.२७ अंकले बढेर बजार २०७३.५३ बिन्दुमा पुगेको छ। १४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ। ८५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता समग्रमा ५०.३६ र त्यसअघिको साता ७०.२६ अंकले बढेको सेयर बजार यो साता भने पहिलो कारोबारमा नै ओरालोतिर लागेको थियो। आइतबार बजार १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा झरेको थियो। 

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजारमा पुन: उतारचढाव भइरहेको हो। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षा गरेका छन्। थग नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्। 

पुँजी बजारबारे सरकारले लिने जस-अपजसले प्राकृतिक घटबढ बिगार्न मलजल पुँजी बजारबारे सरकारले लिने जस-अपजसले प्राकृतिक घटबढ बिगार्न मलजल


प्रकाशित : सोमबार, चैत ५ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend