बिहीबार , वैशाख २० गते २०८१    
images
images

पुँजी बजारबारे सरकारले लिने जस-अपजसले प्राकृतिक घटबढ बिगार्न मलजल

images
images
images
पुँजी बजारबारे सरकारले लिने जस-अपजसले प्राकृतिक घटबढ बिगार्न मलजल

अर्थतन्त्रको अवस्थाअनुसार नभइ आफ्नै बेग्लै दिशामा बेलाबखत सेयर बजार उच्च दरले घटबढ भएका उदाहरण निकै छन्। पुँजी बजार सुधारको लागि यसलाई प्राकृतिक रुपमा चल्न दिनुपर्ने आवाज उठ्ने गरेको भए पनि काम त्यसतर्फ हुन सकेको छैन।

images
images

काठमाडौं- पुँजी बजारमा जोडिने लगानीकर्ताको संख्या बढेर बहुपक्षीय चासोमा परिरहँदा पनि बजारको उतारचढाव भने स्वभाविक हुन सकिरहेको छैन। अझ सत्तामा फेरबदल हुँदा हरेक पटक लगानीकर्ता अस्थिर देखिने गरेका छन्। यसको असर दोस्रो बजारमा पर्ने गरेको छ।

images
images
images

देशको अर्थतन्त्रको सूचक र कम्पनीको अवस्थामा लगानीकर्ताले कदम चाल्नुपर्नेमा राजनीतिलाई ठूला संगठित लगानीकर्ताले हतियार बनाउने गरेका छन्। जसले गर्दा बजार प्राकृतिक घटबढभन्दा पनि अस्वभाविक उचाल्ने गरिएको छ।

images

पुँजी बजारको प्राकृतिक घटबढको अवस्थालाई समेत अतिरञ्जित रुपमा अर्थ्याइँदा सरकारका अर्थमन्त्री र प्रधानमन्त्रीले नै त्यसलाई आफ्नो सफलता/असफलताका रुपमा हेर्ने गरेका छन्। 

images

नेपालमा अर्थतन्त्र कता जाँदै छ भन्ने विषयको संकेत पुँजी बजारले गर्न सकिरहेको छैन। अर्थतन्त्रको अवस्थाअनुसार नभइ आफ्नै बेग्लै दिशामा बेलाबखत सेयर बजार उच्च दरले घटबढ भएका उदाहरण निकै छन्। पुँजी बजार सुधारको लागि यसलाई प्राकृतिक रुपमा चल्न दिनुपर्ने आवाज उठ्ने गरेको भए पनि काम त्यसतर्फ हुन सकेको छैन।

images
images

यसले गर्दा चलखेलमा रमाउने ठूला लगानीकर्ताहरूले बजार बढाउँदा बढेको बजारमा उत्साही भएर पस्ने र बजार ओरालो लाग्दा आत्तिएर मेसो नपाउने साना लगानीकर्ता मारमा परिरहेको विश्लेषकहरू नै बताउँछन्। बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ। 

सबै पक्षबाट राम्रो अवस्था नभएका धेरै कम्पनीका सेयर मूल्य उच्च अंकले बढेकाले बजारको वृद्धि अस्वभाविक रहने गरेको नियामक निकाय धितोपत्र बोर्डकै अध्ययनहरूमा समेत देखिएको छ।

विश्लेषकहरूका अनुसार बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन सकेको छैन। नियामकीय साथ मिलेको भनिएको बजारमा पछिल्लो समय सुधारको आश देखिए पनि बजार अझै जोखिमपूर्ण अवस्था नै रहेको विश्लेषकहरू बताउँछन्। फेरि पनि बजारको अवस्था अप्राकृतिक देखिँदै गएको उनीहरूको भनाइ छ।

यसैले सेयर बजार कमजोर भइरहेको समयमा अर्थमन्त्रीको जिम्मेवारी रहँदा जनार्दन शर्माले भनेका थिए, ‘हाम्रो सेयर बजार नीति निर्देशनबाट होइन, हल्लाको भरमा चलेको देखिएको छ। सेयर बजारलाई यस्ता गतिविधिले प्रभावित गर्न नसक्ने बनाउनुपर्छ।’ 

उनले भनेका थिए- 'अर्थमन्त्रीले बजार बढाउने र घटाउने काम गर्दैन। तपाईंलाई भ्रममा पारेर ठग्न सक्छन्, नठगिएरै आफ्नो व्यवसाय गर्नु होला, मन्त्रालयले गर्ने भनेको संस्थालाई पारदर्शी बनाउने तथा नीतिनियम र कानून बनाउने हो।'

हरेक अर्थमन्त्रीले बजार घटेको समयमा यस्तै संयमतापूर्वक बोल्ने गरेको भए पनि बजार बढ्दा भने नचाहिँदो जस लिन भाषण गरिहाल्छन्। यसैले पनि बजारको अवस्था सधैँ उस्तै नै रहने गरेको छ। आफू नेतृत्वमा रहँदा बजार बढेको अवस्थामा 'मैले गर्दा' भनिदिने र बजार घट्यो भने 'नेतृत्वको हात हुँदैन' भनिदिने चरित्र नेताहरूमा देखिन्छ। 

पछिल्लो समय सत्ता गठबन्धन फेरिएसँगै बजारको अवस्था त्यस्तै देखियो। सत्ता साझेदार फेरिने खबरले एक दिन सकारात्मक सर्किट लागेको बजार दुई साता अप्राकृतिक उतारचढावकै स्थितिमा रह्यो। केही संगठित लगानीकर्ताको जोडबलमा घुमेको बजार अहिले पुन: पुरानै अवस्थामा फर्किएको छ। 

गएको साता समग्रमा ५०.३६ र त्यसअघिको साता ७०.२६ अंकले बढेको सेयर बजार यो साता भने पहिलो कारोबारमा नै ओरालोतिर लाग्यो। आइतबार बजार १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा झरेको छ। 

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजार पुन: ओरालोतिर लागेको हो। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

निरन्तर बढिरहेको सेयर बजारमा गएको साता बुधबारको कारोबारमा उतारचढावबीच सामान्य करेक्सन देखिएको थियो भने बिहीबार भने घटेको थियो। गएको साता आइतबार २२.१० अंकले बढेको बजार साताको दोस्रो कारोबारमा मंगलबार ५८.५८ अंकले बढेको थियो। बुधबार २.४८ अंकले घटेको थियो भने बिहीबार पनि २७.८४ अंकले घटेको थियो।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षा गरेका छन्। पर्ख र हेरको सोचमा रहेका संगठित लगानीकर्ताहरू पनि नयाँ सरकारसँगै हौसिएका थिए। सेयर बजारका संगठित लगानीकर्ताहरूको मनोविज्ञान बुझेर अर्थमन्त्री वर्षमान पुनले बजारको सुधारका काममा आफू लागिरहने बताइरहँदा कारोबारमा साथ मिलिरहेको थियो। 

आइतबारसमेत नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले अर्थतन्त्र संकटमा नरहेको बताउँदै धितोपत्र बजारमा सकारात्मक संकेत देखिएको बताएका थिए। उनले ६० लाख जनसंख्या संलग्न धितोपत्र बजारमा सुधारका लागि आफूले सरोकारवालासँग सुझाव मागेको र सुझावहरू प्राप्त भइरहेकोसमेत जनाए।

विगतमा अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीति अब खुकुलो बनाउनेगरी अर्थ मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेकोसमेत मन्त्री पुनले बताएका छन्। 

बजार प्राकृतिक घटबढभन्दा पनि अस्वभाविक उचाल्ने र केही संगठित लगानीकर्ताको वरपर घुम्ने भइरहँदा अर्थमन्त्री पुन भने नियामक निकायसँग छलफल गरेर खुकुलो नीति लिने बताइरहेका छन्। सरकारले पुँजी बजारलाई प्राकृतिक उतारचढावमा छाडिदिनुभन्दा यसको वृद्धिलाई नै आफ्नो सफलतासँग दाँज्ने गरिरहेको छ। 

यस्तोमा अर्थमन्त्री पुनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लगानीकर्ता विश्वस्त पार्नमा एक कदम अघि नै बढेका छन्। उनले संसदमै बोल्दै पछिल्लो समय बढिरहेको सेयर बजार जनताले आफूहरूको सत्ता फेरबदल अनुमोदन गरेको रुपमासमेत अर्थ्याएका थिए। 

अब अर्थमन्त्री पुनले आश्वासन दिएजस्तै थप नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्। तर लगानी कसरी सुरक्षित हुन्छ? नियामकीय निकायले नियमन कसरी गर्छ? भन्ने प्रश्नको खोजीमा उनीहरू छन्। यसमा खेलोफड्कोमा नलाग्ने सामान्य लगानीकर्ता पुन: पर्ख र हेरको अवस्थामा देखिन्छन्।

images

प्रकाशित : सोमबार, चैत ५ २०८००८:१२

प्रतिक्रिया दिनुहोस