शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

५८ अंकले बढेको सेयर बजारमा लघुवित्तमा उछाल, ५ लघुवित्तमा सकारात्मक सर्किट

मंगलबार, फागुन २९ २०८०
५८ अंकले बढेको सेयर बजारमा लघुवित्तमा उछाल, ५ लघुवित्तमा सकारात्मक सर्किट

काठमाडौं- यो साताको दोस्रो कारोबारमा मंगलबार ५८.५८ अंकले बढेको सेयर बजारमा लघुवित्त कम्पनीहरूको सेयरमा आकर्षण देखिएको छ। जहाँ पाँच लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य लघुवित्तमा पनि राम्रो बढोत्तरी देखिएको छ। 

सर्वाधिक सेयरमूल्य बढ्ने १० कम्पनीहरूको सूचीमा लघुवित्त कम्पनीहरूकै बाहुल्यता देखिएको छ। मंगलबार जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लाग्यो। त्यस्तै नदिप लघुवित्त, अभियान लघुवित्त र ग्लोबल आईएमई लघुवित्तको सेयर कारोबारमा पनि राम्रो वृद्धि देखिएको छ। 

सत्तागठबन्धन परिवर्तनको प्रभाव देखिएर गएको साता समग्रमा ७०.२६ अंकको वृद्धि भएको सेयर बजारमा यो साता पनि वृद्धितर्फ नै साथ मिलिरहेको छ। आइतबार २२.१० अंकले बढेको बजारमा साताको दोस्रो कारोबारमा मंगलबार पनि ५८.५८ अंकले बढेर २१११.२४ बिन्दुमा पुगेको छ।

मंगलबार २२० कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ। लामो समयपछि कारोबार रकममा समेत सुधार देखिएको हो। २२ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

पर्ख र हेरको सोचमा रहेका संगठित लगानीकर्ताहरू पनि नयाँ सरकारसँगै हौसिएका छन्। सेयर बजारका संगठित लगानीकर्ताहरूको मनोविज्ञान बुझेर अर्थमन्त्री वर्षमान पुनले बजारको सुधारका काममा आफू लागिरहने बताइरहँदा वृद्धितर्फकै कारोबारमा साथ मिलिरहेको छ। 

अर्थमन्त्रीले पुँजी बजार सुधारबारे बोलिरहँदा लगानीकर्ताको साथ, निरन्तर उचाइतर्फ बजार अर्थमन्त्रीले पुँजी बजार सुधारबारे बोलिरहँदा लगानीकर्ताको साथ, निरन्तर उचाइतर्फ बजार


प्रकाशित : मंगलबार, फागुन २९ २०८०१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend