बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गोल्यान समूहको 'ट्रिकोट'ले एकवर्षमै निर्यात गर्‍यो १ अर्ब १७ करोडको तयारी पोशाक

९ अर्बको बजारमा एकसय कम्पनीलाई पछि पार्दै ट्रिकोट इन्डस्ट्रिज पहिलो

सोमबार, फागुन २८ २०८०
गोल्यान समूहको 'ट्रिकोट'ले एकवर्षमै निर्यात गर्‍यो १ अर्ब १७ करोडको तयारी पोशाक

काठमाडौं- ट्रिकोट इन्डस्ट्रिज प्रालिले एकवर्षमै १ अर्ब १७ करोड रुपैयाँबराबरको तयारी पोशाक विभिन्न देशमा निर्यात गरेको छ।

नेपालबाट बर्सेनि ९ अर्ब रुपैयाँ हाराहारीको तयारी पोशाक निर्यात हुनेमा ट्रिकोटले मात्रै १ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी पोशाक निर्यात गरेको हो। एकसय कम्पनीहरू तयारी पोशाकको सक्रिय निर्यातमा रहेकोमा गोल्यान ग्रुपअन्तर्गतको कम्पनीले सबैभन्दा धेरै निर्यात गरेको हो। 

गोल्यान ग्रुपअन्तर्गत रहेको एक हिस्सा ट्रिकोट इन्डस्ट्रिज कम्पनी हो। पारिवारिक विरासतसमेत बोकिरहेको कम्पनी ६० वर्षभन्दा बढी समयदेखि नेपालको कपडा उद्योगमा सक्रिय छ। ट्रिकोटका रुपमा कम्पनी स्थापना भएको नै १८ वर्ष पुगिसकेको छ। ट्रिकोटले स्थापनासँगै युरोप, अमेरिकासहितका देशमा तयारी पोशाक निर्यात गर्दै आएको छ। कम्पनीले खासगरी विलासी मानिने उत्पादनहरू निर्यात गर्ने गरेको छ। 

ऊन, रेशम, लिनेन र सयप्रतिशत जैविक कपाससहित विभिन्न सामग्रीबाट कपडा उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ। आफूहरूले गुणस्तरमा सम्झौता नगर्ने कम्पनीले जनाएको छ। बजारमा निरन्तर हुने परिवर्तन र त्यससँगै आउने आवश्यकतालाई समायोजन गर्दै विविधीकरणमा ध्यान दिएको दाबी ट्रिकोटको छ। 

ट्रिकोटले ग्राहकले अर्डर गरेका उत्पादनहरू एकहप्ताभित्र डेलिभर गर्ने सेवा दिँदै आएको छ। यसमा न्यूनतम अर्डर एकसय पिस लिँदै आएको कम्पनीले जनाएको छ। 

ट्रिकोटले भारतबाहेक युरोप, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया, न्युजील्याण्ड र अमेरिकामा सामान निर्यात गर्दै आएको छ। ट्रिकोट कम्पनीले आफ्ना उत्पादनहरू कारखानाबाट निस्कनुअघि विभिन्न १६ चरणमा त्यसको जाँच गरेर गुणस्तरीय काम गरिरहेको जनाएको छ। नेपालमा अटोस्वेट प्रयोग गर्ने एकमात्र कम्पनी भएको दाबीसमेत ट्रिकोटको रहेको छ।  

औद्योगिक घराना गोल्यान समूह पछिल्लो समय ऊर्जा क्षेत्रको लगानीमा समेत आक्रामक देखिएको छ। गोल्यान समूहले झन्डै एक दर्जन आयोजनामार्फत ९ सय ९१ मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न अनुमति लिएर निर्माणको प्रक्रिया अगाडि बढाउँदै छ। जसका लागि समूहले झन्डै २ खर्ब रुपैयाँ लगानी गर्दै छ। 

अर्पाटमेन्ट निर्माण, इन्स्योरेन्स, बैंक वित्तसहित कृषि क्षेत्रमा समेत लगानी गरिरहेको गोल्यान समूहले ऊर्जामा लगानीलाई विस्तार गरिरहेको छ। समूहले अहिले ऊर्जाअन्तर्गत सौर्य र जलविद्युत दुवैतर्फ लगानी बढाउन लागेको हो। गोल्यान समूहले धागो उद्योगमा समेत करोडौँ लगानी गरिरहेको छ। 

२० वर्षअघि वार्षिक ४३ करोड डलरको तयारी पोशाक निर्यात गर्ने मुलुक अहिले कहाँ छौँ? कहाँ चुक्यौँ? २० वर्षअघि वार्षिक ४३ करोड डलरको तयारी पोशाक निर्यात गर्ने मुलुक अहिले कहाँ छौँ? कहाँ चुक्यौँ? दुई खर्ब लगानीमार्फत एक हजार मेगावाट बिजुली उत्पादन गर्दै गोल्यान समूह दुई खर्ब लगानीमार्फत एक हजार मेगावाट बिजुली उत्पादन गर्दै गोल्यान समूह 


प्रकाशित : सोमबार, फागुन २८ २०८००९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend