सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान

images
सोमबार, फागुन २१ २०८०
images
दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान

जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन्।

images
images

चितवन- दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाख रूपैयाँको घाटा बेहोर्दै आएका छन्। जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन्।

images
images
images

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ४० हजारभन्दा बढी सेयर सदस्यहरुले सो मात्रामा दूध बिक्री गर्न नपाएको संघले जनाएको छ। संघका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दूध नउठ्दा किसानले समस्या झेल्नु परेको हो। उनले दूध नउठ्दा समस्या भएको बताए। साउनयताको भुक्तानी ५२ करोड रूपैयाँ पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ।

images
images

दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दूध जाने गरेको छ। जसमध्ये ६० हजार लिटर दूध बिक्री हुन नसकेको हो।

images
images

सरकारले किसानको पैसा दिने सहमति गरे पनि अहिलेसम्म किसनाले पैसा नपाएको र दूध समेत उठ्न छाडेको उनले गुनसो गरे। 'सहमति भएको छ। तर कार्यान्वयनमा आएको छैन', उनले भने, 'सहमतिअनुसार आइतबारबाट दूध उठ्नु पर्ने भए पनि आजसम्म दूध उठेको छैन।'

दूध लैजाने उद्योगहरुले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उनले उपभोक्ताले महँगो मूल्यमा दूध खानु परेको बताए। बगालेले भने, 'दूध नउठ्ने र पैसा पनि नपाउने समस्या रहिरहे आन्दोलनमा जानुको विकल्प छैन।' चितवनसहित पाँच जिल्लाका किसानले एक साथ आन्दोलनमा जाने तयारी गरेको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, फागुन २१ २०८०१५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend