बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

दोभान-सान्थाक्रा सडक कालोपत्र हुने, तीन करोड ३७ लाखमा ठेक्का सम्झौता

images
बुधबार, फागुन १६ २०८०
images
images
दोभान-सान्थाक्रा सडक कालोपत्र हुने, तीन करोड ३७ लाखमा ठेक्का सम्झौता

मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

images
images

फुङ्लिङ- ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने भएको छ। दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो।

images
images
images

मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

images

सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङगाम (डम्बर) ले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच तीन करोड ३७ लाख रूपैयाँको ठेक्का सम्झौता भएको छ।

images
images
images

चालु आवको बजेटले सडकमा नाली र ग्राभेल लगायतको काम गरिने अध्यक्ष हाङगामले बताए। आगामी आवभित्र सडक कालोपत्र गरिसक्ने गाउँपालिकाको योजना रहेको उनको भनाइ छ।

दोभान-सान्थाक्रा सडक गाउँपालिकाको गौरवको योजना भएकाले सोहीअनुसार पालिकाले बजेट विनियोजन गरेको पालिकाले जनाएको छ। पालिकासँग बजेट पर्याप्त नभएकाले प्रदेश तथा संघीय सरकारसँग पनि आवश्यक बजेटका लागि पहल गरिरहेको उनले बताए।

स्थानीय तहको समपूरक बजेटसँग साझेदारी गरेर योजना कार्यान्वयन गर्न मिल्ने व्यवस्था भएअनुसार प्रदेश तथा संघीय सरकारसँग बजेटका लागि समन्वय भइरहेको अध्यक्ष हाङगामको भनाइ छ।

मेरिङ्देन, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थलका रूपमा यस ठाउँलाई लिइन्छ। यो सडक स्तरोन्नति भएसँगै यहाँका बासिन्दालाई यातायातको सहजता हुनेछ। रासस


प्रकाशित : बुधबार, फागुन १६ २०८०१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend