बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गोर्खा ब्रुअरीमा भित्रिँदै जाउलाखेल समूह, खेतान समूह बाहिरिएपछि काल्सवर्गले राज ब्रुअरी लिएर जाउलाखेल भित्र्याउँदै

शुक्रबार, पुस १९ २०८१
गोर्खा ब्रुअरीमा भित्रिँदै जाउलाखेल समूह, खेतान समूह बाहिरिएपछि काल्सवर्गले राज ब्रुअरी लिएर जाउलाखेल भित्र्याउँदै

राज ब्रुअरीले नेपालमा बहुराष्ट्रिय बियर ब्रान्ड ल्याएर उत्पादन गरेको थियो। तर पनि यसमा सफल हुन सकेको थिएन। सुरुवातमा केही व्यापार भएपनि पछि निरन्तरता पाएको थिएन। जर्मन बियर ब्रान्ड वार्सटाइनरको उत्पादन असफल भएको थियो।

काठमाडौं- नेपालकै सबैभन्दा ठूलो बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीमा जाउलाखेल समूह भित्रिने भएको छ। नेपालमा परम्परागत मदिरा उत्पादनको अनुभव भएको जाउलाखेल समूह उक्त कम्पनीमा भित्रिने निश्चित भएको हो। 

बहुराष्ट्रिय कम्पनी काल्सवर्ग समूहको नियन्त्रण रहेको गोर्खा ब्रुअरीमा जाउलाखेल समूहअन्तर्गतको राज ब्रुअरी कम्पनीसँगै भित्रिने भएको हो। 

गोर्खा ब्रुअरीमा यसअघि खेतान समूहको लगानी रहेको थियो। जसमा सीपी खेतान, राजेन्द्र खेतानलगायतका व्यवसायीको लगानी थियो। यद्यपि खेतान समूह यसअघि नै बाहिरिसकेको छ। खेतान समूह बाहिरिएसँगै जाउलाखेल समूह भित्रिन लागेको हो। 

गोर्खा ब्रुअरीमा जाउलाखेल समूह भित्रिने माध्यम भने नगद लगानीभन्दा पनि पुँजीगत सम्पत्तिको हस्तान्तरणबाट हुने सहमति भएको छ। राज ब्रुअरीले नेपालमा बियर उत्पादनका लागि भन्दै झन्डै अर्ब लगानी गरेर बनाएको फ्याक्ट्री रहेको छ। सोही सम्पत्तिसहित राज ब्रुअरी काल्सवर्ग दक्षिण एसियाले लिनेछ। 

राज ब्रुअरी लिएबापत जाउलाखेल समूहले ६ प्रतिशत सेयर बनाउने सहमति भएको स्रोतको दाबी छ। 

राज ब्रुअरी र काल्सवर्ग समूहबीचमा सहमति भएपनि कानूनी प्रक्रिया भने बाँकी रहेको छ। यो डिल औपचारिक रुपमा फाइनल भने भएको छैन। यद्यपि सबै कुरा मिलिसकेको स्रोतको दाबी छ। 

१७० वर्षको इतिहास बोकेको खेतान समूह एकपछि अर्को सेयर बिक्री गरेर बाहिरिँदै १७० वर्षको इतिहास बोकेको खेतान समूह एकपछि अर्को सेयर बिक्री गरेर बाहिरिँदै

खेतान समूह बाहिरिएपछि काल्सवर्गले नेपालमा साझेदार भित्र्याउनका लागि विभिन्न समूहलाई अफर गरेको थियो। अथवा भित्रिनका लागि भिन्न समूहले लविङ बढाएपनि केही सीमित समूह सर्टलिस्टमा परेका थिए। यसमा जाउलाखेल समूहका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले डिलको मध्यस्थता गरेका थिए। उनकै प्रयासबाट जाउखेल समूह यसमा ठाउँ पाउन सफल भएको हो।

राज ब्रुअरीले नेपालमा बहुराष्ट्रिय बियर ब्रान्ड ल्याएर उत्पादन गरेको थियो। तर पनि यसमा सफल हुन सकेको थिएन। सुरुवातमा केही व्यापार भएपनि पछि निरन्तरता पाएको थिएन। जर्मन बियर ब्रान्ड वार्सटाइनरको उत्पादन असफल भएको थियो। 

२०७४ सालदेखि राज ब्रुअरीले नेपालमा वार्सटाइनरको उत्पादन थालेको थियो। उक्त बियरको स्वाद नेपाली उपभोक्ताको रोजाइमा पर्न नसकेपछि अन्तत: रोकिने अवस्था आएको थियो। वार्सटाइनरसहित दुईवटा बहुराष्ट्रिय बियर ब्रान्ड उत्पादन गर्दै आएको यो कम्पनीले ६ प्रकारका घरेलु ब्रान्डमा उत्पादन गर्छ। 

नेपालमा चलेन जर्मन बियर ब्रान्ड वार्सटाइनरको जादु, नयाँ भेराइटीमा ल्याउने तयारी नेपालमा चलेन जर्मन बियर ब्रान्ड वार्सटाइनरको जादु, नयाँ भेराइटीमा ल्याउने तयारी

बियर उत्पादनमा खासै सफलता हात नलागेपछि जाउलाखेल समूहले आफ्नो कम्पनीसहित नै गोर्खा ब्रुअरीमा मिसाउन थालेको हो। यो डिल भएपछि राज ब्रुअरी पनि गोर्खा ब्रअुरी अन्तर्गत आउनेछ यसको बदलामा जाउखेल समूहले सेयर पाउनेछ।


प्रकाशित : शुक्रबार, पुस १९ २०८११६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend