शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपालमा चलेन जर्मन बियर ब्रान्ड वार्सटाइनरको जादु, नयाँ भेराइटीमा ल्याउने तयारी

images
बुधबार, फागुन २ २०८०
images
images
नेपालमा चलेन जर्मन बियर ब्रान्ड वार्सटाइनरको जादु, नयाँ भेराइटीमा ल्याउने तयारी

वार्सटाइनर बियर जुन रुपमा थियो त्यसले बजार लिन नसकेपछि अब उद्योगले नयाँ भेराइटी ल्याउने तयारी गरेको छ। वार्सटाइनरको पूरानो लिगेसी स्वाद खासै रोजाइमा नपरेपछि अब वार्सटाइनर आइस उत्पादन थाल्ने तयारी कम्पनीको छ।

images

काठमाडौं- देशकै ठूलोमध्येको एक मदिरा उत्पादक कम्पनी राज ब्रुअरीले तामझामका साथ ६ वर्षअघि ल्याएको जर्मन बियर ब्रान्ड असफल भएको छ। 

images
images

जर्मन प्रिमियम क्लासिक बियर ब्रान्ड वार्सटाइनर नेपालमा उत्पादन सुरू भएको ६ वर्षमा 'जादु' चलाउन नसकेपछि लगभग उत्पादन बन्द हुने अवस्थामा पुगेको छ। 

images

२०७४ सालदेखि राज ब्रुअरीले नेपालमा वार्सटाइनरको उत्पादन थालेको थियो। उक्त बियरको स्वाद नेपाली उपभोक्ताको रोजाइमा पर्न नसकेपछि अन्तत: रोकिने भएको छ। 

तीतोपना धेरै भएको तर अल्कोहलको मात्रा न्यून भएको यो बियरले बजार लिन नसकेको उद्योगसँग सम्बन्धित कम्पनीकै अधिकारीहरूको भनाइ छ। 

images

स्ट्रङ बियर (अल्कोहलको मात्रा धेरै भएको)ले तताइरहेको बजारमा पछिल्लो समय अन्य सबैको खस्किएको छ। यसै पनि बजार लिन नसकेको ब्रान्डका बियर हराउन थालेका छन्। यही लाइनमा वार्सटाइनर पनि थपिएको छ। 

वार्सटाइनर बियर जुन रुपमा थियो त्यसले बजार लिन नसकेपछि अब उद्योगले नयाँ भेराइटी ल्याउने तयारी गरेको छ। वार्सटाइनरको पुरानो लिगेसी स्वाद खासै रोजाइमा नपरेपछि अब 'वार्सटाइनर आइस' उत्पादन थाल्ने तयारी कम्पनीको छ। 

राज ब्रुअरीले वार्सटाइनरसहित दुईवटा बहुराष्ट्रिय बियर ब्रान्ड उत्पादन गर्छ भने ६ प्रकारका घरेलु ब्रान्डमा उत्पादन गर्छ। त्यस्तै ८ वटा अन्य मदिरा ब्रान्ड उत्पादन गर्दै आएको छ। 

वार्सटाइनर दुई शताब्दी पुरानो पारिवारिक नियन्त्रण भएको जर्मन ब्रान्ड हो। संसारका ६० भन्दा धेरै देशमा जाने यो बियरले जर्मनीमै पनि राम्रो बजार हिस्सा नियन्त्रण गर्दै आएको छ। बियरका परिपक्व पारखीमाझ राम्रै छाप छाड्ने विश्वास गरिएको यो ब्रान्ड नेपाली बजारमा भने असफल भएको छ। 

पछिल्लो समय स्ट्रङ बियरको प्रतिस्पर्धा देखिएको र पारखीको रोजाइ पनि त्यसमै केन्द्रित भएको देखिएको छ। प्रिमियम बियरको बजार बढीमा २० प्रतिशत रहेको अनुमान व्यवसायीहरूको छ। प्रिमियम बियरको साँघुरो स्पेसमै पनि प्रतिस्पर्धा धेरै हुँदा फरक स्वादको वार्सटनाइर चल्न सकेन। 


प्रकाशित : बुधबार, फागुन २ २०८००६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend