मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयरधनीलाई लाभांश दिन लागेका यी २१ हाइड्रोपावर कम्पनी, कुनको कति?

शनिबार, पुस २० २०८१
सेयरधनीलाई लाभांश दिन लागेका यी २१ हाइड्रोपावर कम्पनी, कुनको कति?

घोषणा गरेका कतिपय कम्पनीले लाभांश साधारणसभाबाट पारित गरेर सेयरधनीको खातामा पठाइसकेका छन् भने केहीको बाँकी छ।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अहिलेसम्म सूचीकृत ५२ जलविद्युत् कम्पनीले लाभांशसम्बन्धी निर्णय गरेका छन्। जसमा २१ वटा जलविद्युत कम्पनीले मात्रै सेयरधनीलाई लाभांश घोषणा गरेका छन्।

बाँकी ३१ कम्पनीले भने सेयरधनीको हात खाली बनाएका छन्। नेप्सेमा ९१ जलविद्युत कम्पनी सूचीकृत भएर दोस्रो बजारमा कारोबार हुँदै आएका छन्।

लाभांश घोषणा गर्ने कम्पनीमा माउन्टेन इनर्जी नेपालले १५ प्रतिशन बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी १५.७९ लाभांश घोषणा गरेको छ। रुरु जलविद्युत् कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७९ नगद गरी १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।

भगवती हाइड्रोपावरले ४ प्रतिशत बोनस सेयर र १०.७४ प्रतिशत नगद गरी १४.७४ प्रतिशत लाभांश घोषणा गरेको छ। सुपरमाई हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ। चिलिमे जलविद्युत् कम्पनीले १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश घोषणा गरेका छन्।

मान्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। ग्रीन भेन्चर्सले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नदगरी १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। सानिमा माईले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। कुथेली बुखरी १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नदगरी १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ।

नेपाल हाइड्रोले ८ प्रतिशत बोनस सेयर ०.४२ प्रतिशत नगदगरी ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ। साहस ऊर्जाले ८ प्रतिशत बोनस सेयर ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ। बिन्ध्यवासिनीले ८ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेको छ। कालिका पावर ७ प्रतिशत बोनस सेयर ०.३७ प्रतिशतगरी ७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ।

यस्तै मन्दाकिनीले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगदगरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। अपि पावरले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नदगगरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। सुपर मादीले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नदगगरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ।  बुटवल पावरले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

राधी विद्युतले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगदगरी ५ प्रतिशत लाभांश घोषणा गरेको छ। सगरमाथा जलविद्युत् कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगदगरी ५ प्रतिशत लाभांश घोषणा गरेको छ। युनाइटेड इदी मर्दीले ४ प्रतिशत बोनस सेयर र ०.२१ नगदगरी ४.२१ लाभांश घोषणा गरेको छ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीले ३ प्रतिशत बोनस सेयर ०.१६ प्रतिशत नगदगरी ३.१६ प्रतिशत लाभांश घोषणा गरेको छ।

घोषणा गरेका कतिपय कम्पनीले लाभांश साधारणसभाबाट पारित गरेर सेयरधनीको खातामा पठाइसकेका छन् भने केहीको बाँकी छ।   


प्रकाशित : शनिबार, पुस २० २०८११६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend