शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सेयर बजार पहिरो जाने क्रम रोकिएन, लगानीकर्ताको मनोबल घट्दा कारोबार रकममा गिरावट

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
images
सेयर बजार पहिरो जाने क्रम रोकिएन, लगानीकर्ताको मनोबल घट्दा कारोबार रकममा गिरावट

सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिएको छैन। आइतबारबाट उच्च अंकले गिरावट आएको नेप्सेमा सोमबार एकाएक बाउन्स ब्याक भएको नेप्से त्यसपछिको ओरालो यात्रा कायम छ।

images
images

काठमाडौं- सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिएको छैन। आइतबारबाट उच्च अंकले गिरावट आएको नेप्सेमा सोमबार एकाएक बाउन्सव्याक भएको नेप्से त्यसपछिको ओरालो यात्रा कायम छ।

images
images
images

लगानीकर्ताहरू बजार घट्नुलाई राष्ट्र बैंकको नीति नै अहिलेको प्रभुख कारण रहेको  बताउँछन्। ‘यदि  केन्द्रिय बैंकले यस नीतिका बारेमा नसोच्ने हो भने ठूला भन्दा पनि साना लगानीकर्ता सबैभन्दा ठूलो  मारमा पर्ने छन् । जसले साना लगानीकर्ताहरू बजारबाटै गुराजा टार्नेमा छन्। राष्ट्रबैंकले लात हान्ने काम गरेको छ,’ ती लगानीकर्ताले भने।

images
images

यता लगानीकर्ताले दैनिक सेयर बजारमा गिरावट आएपछि राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलनको घोषणा अघि सार्ने र ३० गते भदौबाट अनसन नै बस्ने  पुँजी बजार संघर्ष समितिका संयोजक रामकृष्ण ढकाल बताउँछन्। 

images
images

बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ५९ विन्दुमा पुगेको छ। २ प्रतिशतले बजार घटेपछि लगानीकर्ताको मनोलब घट्दा सेयर खरिद बिक्री भने निरन्तर गिरावट आएको छ। हालसम्मकै करिब २० अर्बसम्मको सेयर कारोबार भएको नेप्सेमा सो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २ सय २५ कम्पनीको १ करोड ६१ लाख कित्ता सेयर  किनबेच हुँदा ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ।

बुधबार पहिलो कारोबार हुने कम्पनीमा युनाइडेट मोदी हाइड्रो पावर कम्पनी रहेको छ। कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रो पावर कम्पनीको २४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा स्वरोजगार लघुवित्त वित्तीय संस्था रहेको छ। कम्पनीले सो दिन  लाभांश घोषणासमेत गरेको छ।

कम्पनीको सो दिन  ६ प्रतिशतले  बढेपछि लगानीकर्ताले संस्थाको सेयर खरिद बिक्री गरेका हुन्। त्यस्तै रिडि हाइड्रो पावर कम्पनीको  २३ करोड  रुपैंयाको कारोबार भएको छ। बुधबार कारोबारमा आउने गरेका १३ वटै समूहको सूचक नकारात्मक बन्न पुगेका छन्। फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक र जलविद्युत  समूहको सूचक सबैभन्दा धेरै नकारात्मक बन्न पुगेको छन्।

बुधबार जीवन बीमा, गुडबिल फाइनान्स, एनाइविएल समृद्ध फण्ड, सिभिल लघुवित्त वित्तिय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य भारी अंकले घटेर यि कम्पनीका लगानीकर्ताहरु सबैभन्दा बढी निराश बनेका छन्।

बजार घटे पनि सानिमा लाइफ इस्योरेन्सको १० प्रतिशतले बढेर सर्किट मूल्यका कारोबार भएको छ। एक्सल डेभलपमेन्ट बैंक, रैराङ हाइड्रो पावर कम्पनी, युनिभर्सल पावर कम्पनी स्वारोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा लगानीकर्ताहरुको आकर्षण बढेको छ।


प्रकाशित : बुधबार, भदौ २३ २०७८१०:१५
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend