शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मौद्रिक नीतिको समीक्षा : यस्ता छन् नीतिगत व्यवस्थाहरू

सोमबार, माघ २९ २०८०
मौद्रिक नीतिको समीक्षा :  यस्ता छन् नीतिगत व्यवस्थाहरू

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा गर्दै केही व्यवस्थामा परिवर्तन गरेको छ। 

यस्ता छन् नीतिगत व्यवस्थाहरु :

१. आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ।

२. अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ। 

३. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने छ।

४. संस्थागत मुद्धती निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ।

५. कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ। 

घट्यो संस्थागत र ब्यक्तिगत मुद्दती निक्षेप ब्याजदरको अन्तर, अब १ प्रतिशत अन्तर कायम गर्न पाइने घट्यो संस्थागत र ब्यक्तिगत मुद्दती निक्षेप ब्याजदरको अन्तर, अब १ प्रतिशत अन्तर कायम गर्न पाइने


प्रकाशित : सोमबार, माघ २९ २०८०२०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend