शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने

फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए। 

काठमाडौं- यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन्। ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो। 

फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए। 

'दशैँसम्ममा दुई, तीन लाख परीक्षार्थी सहभागी भएमा यसपछि खुलाइनेछ' उनले भने। 

 फारम भरेका सेवाग्राहीले परीक्षामा सहभागी हुन पाएका छैनन् भने परीक्षामा पास भएका झण्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउन बाँकी छ। विभागले अनुमतिपत्रका लागि कार्ड खरिद गरे पनि प्राविधिक समस्याका कारण कार्ड आइसकेको छैन। अहिले विभागसँग झण्डै दुई हजार कार्ड मात्रै बाँकी रहेको उनले बताए। 

विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रुपमा रोजगारीमा जानेका लागि मात्रै अनुमतिपत्र दिने गरेको छ। 

परीक्षा पास भएको लामो समयसम्म पनि सेवाग्राहीले अनुमतिपत्र नपाएपछि अहिले यातायात कार्यालयले अस्थायी प्रकृतिको अनुमतिपत्र वितरण सुरुआत गरेको छ । कोरोना नियन्त्रणका लागि केही समय पहिलेसम्म निषेधाज्ञा भएकामा त्यो हटेसँगै यातायात कार्यालयले परीक्षा पास गरेकालाई परीक्षणकालीन अनुमतिपत्र दिन थालेका हुन्। यो अनुमतिपत्र कार्यालयले आफैँ छापेर एक वर्षका लागि दिने गरेको प्रवक्ता डा भुसालले बताए। रासस


 


प्रकाशित : बुधबार, भदौ २३ २०७८०९:०५
  • सम्बन्धित विषय:

  • # लाइसेन्स
  • # यातायातविभाग
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend