शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक भारतीय पक्राउ  

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक भारतीय पक्राउ  

स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित भारत पश्चिम बंगाल हाउडाका १९ वर्षीय शोविक आदक चन्द्रागिरी नगरपालिका–२ नागढुँगाबाट पक्राउ परेका छन्। 

काठमाडौं- स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित भारत पश्चिम बंगाल हाउडाका १९ वर्षीय शोविक आदक चन्द्रागिरी नगरपालिका–२ नागढुँगाबाट पक्राउ परेका छन्। 

धादिङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बस महानगरीय प्रहरी प्रभाग नागढुंगामा खटिएको प्रहरी टोलीले जाँच गर्दा उनी पक्राउ परेका हुन्।

उनको साथमा झोलामा लुकाइ ल्याएको स्रोत नखुलेको नगद फेला गरेकोले पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रकाशित : बुधबार, भदौ २३ २०७८०८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend