काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। शुक्रबार ११ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँ बढेर १२ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ।