शनिबार, साउन १२ गते २०८१    
images
images
images

टेलिकमको बिलिङ प्रणालीमा सुनिल पौडेलको अनियमिततामाथि छानबीन गर्दै अख्तियार

images
बिहीबार , माघ ११ २०८०
images
images
टेलिकमको बिलिङ प्रणालीमा सुनिल पौडेलको अनियमिततामाथि छानबीन गर्दै अख्तियार

यसअघि अख्तियार दुरुपयोग अुनसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनविपरीत सम्झौता गरेकोमात्र नभइ एकमुष्ठ भुक्तानी दिनका लागि पौडेलले प्रक्रिया अघि बढाएका थिए।

images

काठमाडौं- सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक हुँदा बिलिङ प्रणालीमा भएको अनियमितताका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ। 

images
images

यसअघि भ्रष्टाचारको मुद्दाले निलम्बनमा परेका पौडेल टेलिकममा हुँदा भएका अनियमिततामा पनि अख्तियारको अनुसन्धान प्रवेश गरेसँगै बिलिङ प्रणालीको मर्मत ठेक्का पनि दायरामा आएको हो। 

images

बिलिङ प्रणालीको मर्मतसम्भारको ठेक्का अख्तियारकै निर्देशनविपरीत नवीकरण गरेका थिए। सोहो विषयमा अख्तियारले अहिले सक्कल कागजात झिकाएर छानबीन थालेको हो। 

अख्तियार निकट स्रोतका अनुसार सबै कागजातको अध्ययन गर्दा अनियमितता देखिएको छ, अब संलग्न अधिकारीहरूलाई बोलाएर बयान लिने काम सुरू हुनेछ।

images

बर्सेनि हुनुपर्ने मर्मतसम्भार सम्झौतालाई चार वर्षका लागि गरेका नेपाल टेलिकमका प्रबन्ध निर्देशकले एकमुष्ठ भुक्तानी गर्न खोजेका थिए।

वार्षिक मर्मतसम्भार सम्झौता कुनै पनि सेवाका लागि गर्दा वार्षिक रुपमा हुनुपर्नेमा तत्कालीन प्रबन्ध निर्देशक पौडेलले चार वर्षका लागि गरेका थिए। सम्झौता अवधिमै चार वर्षका लागि एकैपटक सम्झौता गरेर बदमासी गरेका पौडेलले रकम पनि बढाएका थिए। ४ प्लस १ वर्षका लागि सम्झौता भएको थियो। 

यसअघि अख्तियार दुरुपयोग अुनसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनविपरीत सम्झौता गरेकोमात्र नभइ एकमुष्ठ भुक्तानी दिनका लागि पौडेलले प्रक्रिया अघि बढाएका थिए। 

नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता  नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता 

बिलिङ मर्मतमा सुरुदेखि गडबडी 

टेलिकम व्यवस्थापनले चिनियाँ कम्पनी एसिया इन्फोसँग थप चार वर्षका(प्लस १ वर्ष) लागि वार्षिक मर्मत सम्झौता गरेको थियो। जुन सम्झौता नै अनियमित हो।  टेलिकमले बिलिङ प्रणालीको मर्मत सम्भार तथा नियमित व्यवस्थापनका लागि भन्दै चार वर्षमा तीन अर्ब २५ करोड रुपैयाँमा सम्झौता गरेको थियो। 

एसिया इन्फोले नै नेपाल टेलिकमसँग अहिले भएको बिलिङ प्रणाली जडान गरेको थियो। जडान गरेपछि सोही कम्पनीलाई मर्मतसम्भारको जिम्मा दिँदै आइएको छ।

बिलिङ प्रणाली पुरानोमात्र नभइ स्ट्यान्डर्ड नहुँदा कम्पनीको व्यापारमा नोक्सानी भइरहेको भन्दै पछिल्लो पटक सरकारी अध्ययनले पनि देखाएको छ। सरकारी कार्यदलको अध्ययनले देखाउनुअघि नै नेपाल टेलिकममा भएको बिलिङ प्रणाली परिवर्तन गर्नुपर्ने निष्कर्ष निक्लिएको थियो। 

एसिया इन्फोले बनाएको बिलिङ प्रणालीकै कारण बर्सेनि अर्बौं आम्दानी चुहावट भइरहेको भन्दै आधुनिक र स्वचालित प्रणाली ल्याउनका लागि यसअघिका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले खरिद प्रक्रिया नै अघि बढाएका थिए। तर अधिकारी बाहिरिएर सुनिल पौडेल प्रबन्ध निर्देशक हुनेवित्तिकै उक्त खरिद प्रक्रिया रोकियो। खरिद प्रक्रिया रोक्नेमात्र होइन पौडेलले अझै चार वर्ष यही प्रणालीबाट काम चलाउने साँठागाँठ गरेका थिए।

बिलिङ प्रणाली मर्मतको यो ठेक्का कतैबाट पनि नियमित देखिँदैन। यसअघि टेलिकमले प्रत्येक वर्षमा नवीकरण हुने सम्झौता गर्दै आएको थियो। जसमा वर्षमा ३० देखि ३५ करोडसम्म पुग्ने गरेको थियो। तर अहिलेका प्रबन्ध निर्देशक सुनिल पौडेलले एकैपटक ३ अर्ब बढी र चार वर्षका लागि सम्झौता गरिदिए। 

नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतमा घोटाला, एकैपटक ४ वर्षे सम्झौता, एकमुष्ट २ अर्ब विदेशमा भुक्तानी गर्न माग्यो अनुमति नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतमा घोटाला, एकैपटक ४ वर्षे सम्झौता, एकमुष्ट २ अर्ब विदेशमा भुक्तानी गर्न माग्यो अनुमति


प्रकाशित : बिहीबार , माघ ११ २०८०१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend