मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

ग्रिनकार्ड लिएर सरकारी नियुक्ति, अनुमतिबिना विदेशी बैंकमा खाता

सरकारी जिम्मेवारीमै हुँदा परामर्श सेवामा, अवैध आम्दानी विदेशमा पार्किङ

बुधबार, माघ १० २०८०
ग्रिनकार्ड लिएर सरकारी नियुक्ति, अनुमतिबिना विदेशी बैंकमा खाता

नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएकोसमेत अख्तियारले जानकारी दिएको छ।

काठमाडौं- नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशन सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। 

भ्रष्टाचार गरेको भन्दै दुई जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता गरिसकेको अख्तियारले फेरि दुईजनामाथिको अर्को अभियोगमा थप छानबीन गरिरहेको छ। 

प्रमाण नष्ट गर्न सक्ने र देश नै छाड्न सक्ने जोखिम भएपछि दुईजनालाई नै अख्तियारले पक्राउ गरेको हो। 

सूचना प्रविधिको सार्वजनिक खरिदमा एक दशकदेखि राइँदाइँ गरेका यी दुई पौडेलले राष्ट्रिय सूचना प्रविधि केन्द्र र सुरक्षण मुद्रण केन्द्रमा एकछत्र गरेका थिए।

पछिल्लो समय सरकारले प्रविधिको खरिद गर्दा स्पेसिफिकेसन बनाउनेदेखि लिएर गुरुयोजना बनाउनका लागि प्राविधिक दक्षता चाहिन्छ। यसका लागि सूचना प्रविधि केन्द्रकै सहायता लिने गरिन्छ। खरिद योजनादेखि नै टेन्डर दस्तावेज बनाउनेसम्म उनीहरूको सहायता लिइन्थ्यो। त्यही भएर उनीहरूले यसमा महारथ हासिल गरेका थिए। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा पेमेन्ट गेटवे खरिदमा अनियमितता गरेको भन्दै अख्तियारले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

त्यस्तै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले भने सुरक्षण मुद्राणसँग सम्बन्धित उपकरण खरिदमा अनियमितता गरेको अभियोग लगाउँदै अख्तियारले मुद्दा दायर गरेको थियो।

उक्त मुद्दा दर्तापछि अख्तियारले यी दुवैमाथि अवैध सम्पत्ति आर्जनको विषयमा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा गम्भीर वित्तीय अपराध तथा कानून उल्लंघनको तथ्य फेला परेको अख्तियारले जानकारी दिएको छ। 

यी दुई पौडेल पछिल्लो १५ वर्षदेखि सार्वजनिक जिम्मेवारीमा रहेका छन्। तर यही बीचमा नेपाल राष्ट्र बैंकको स्वीकृति नलिइ विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको पाइएको अख्तियारले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा खाता खोली कारोबार गर्न पाइँदैन। 

त्यस्तै नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको पाइएको पनि अख्तियारले जानकारी दिएको छ। 

त्यस्तै विकल पौडेलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको पाइएको अख्तियारले जानकारी दिएको छ। यस्तो अनुमति लिएको व्यक्ति सरकारी नियुक्ति तथा सेवामा अयोग्य हुने व्यवस्था रहेको छ। 

टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ प्रविधिको खरिदमा सुनिल र विकल पौडेलको सेटिङ साम्राज्यको अवसान प्रविधिको खरिदमा सुनिल र विकल पौडेलको सेटिङ साम्राज्यको अवसान


प्रकाशित : बुधबार, माघ १० २०८०१७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend