बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ

बुधबार, माघ १० २०८०
टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ

गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएका उनीहरू पक्राउ पर्नुको कारण भने खुलाइएको छैन।

काठमाडौं- नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशकमा सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।

गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएका उनीहरू पक्राउ पर्नुको कारण भने खुलाइएको छैन।

दुवै जनामाथि यसअघि नै भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। त्यही सिलसिलामा उनीहरूमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरीसमेत परेको थियो।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा पेमेन्ट गेटवे खरिदमा अनियमितता गरेको भन्दै अख्तियारले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। सुनिलविरुद्ध गएको असोजमा २३ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको हो।

त्यस्तै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले भने सुरक्षण मुद्राणसँग सम्बन्धित उपकरण खरिदमा अनियमितता गरेको अभियोग लगाउँदै अख्तियारले मुद्दा दायर गरेको थियो। विकलविरुद्ध ७० करोड रुपैयाँ बिगो दाबी गर्दै गएको बैशाखमा मुद्दा दायर भएको हो। 

उनीहरूले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान भइरहेकोमा निजहरूले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको अख्तियारले जनाएको छ। 

साथै विकल पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भइ अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले नियमअनुसार पक्राउ पुर्जी लिइ पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ। 

प्रविधिको खरिदमा सुनिल र विकल पौडेलको सेटिङ साम्राज्यको अवसान प्रविधिको खरिदमा सुनिल र विकल पौडेलको सेटिङ साम्राज्यको अवसान


प्रकाशित : बुधबार, माघ १० २०८०१५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend