शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

नौ निर्माण कम्पनी कालोसूचीमा 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
नौ निर्माण कम्पनी कालोसूचीमा 

यसरी कालोसूचीमा परेका कम्पनीले एक वर्षसम्म  खरिदमा सहभागी हुने पाउने छैनन्। 

काठमाडौं- सार्वजनिक खरिद अनुगमनको कार्यालयले ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। 

सम्बन्धित निकायहरुले लेखी पठाएको र सोधिएको स्पष्टीकरणमा चित्तोबुझ्दो जवाफ नआएको भन्दै  कार्यालयले एक वर्षका लागि ९ कम्पनीलाई कालोसूचीमा राखेको हो। 

यसरी कालोसूचीमा परेका कम्पनीले एक वर्षसम्म  खरिदमा सहभागी हुने पाउने छैनन्। 

कालोसूचीमा पर्नेमा लर्ड शिवा जेनरल सम्लायर्स जनकपुर, जिके रेहान एन्ड सुन्दर जेभी नुवाकोट, नेपाल आर्किटेड एन्ड बिल्डर्स काठमाडौं, नुरानी कन्स्ट्रक्सन सुनसरी, फ्रेन्डस अर्विट कन्स्ट्रक्सन झापा, जलदेवी निर्माण सेवा नुवाकोट, भंगेरी निर्माण सेवा सोलखम्बु, न्यू बेलासपुर कन्स्ट्रक्सन दैलेख र साथीभाई निर्माण सेवा ललितपुरलाई कालोसूचीमा राखिएको छ। 


प्रकाशित : बुधबार, भदौ २३ २०७८०४:४६
  • सम्बन्धित विषय:

  • # ठेकदार
  • # निर्माणव्यवसायी
  • # कालोसूची
  • # सार्वजनिकखरिद
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend