शनिबार, वैशाख १५ गते २०८१    
images
images
नेपालमै हुन्डाईका कार बनाउँदै लक्ष्मी समूह

ठूलो संख्यामा आयो भेन्यूको एसेम्बल किट : कहिलेदेखि आउँछ बजारमा, कति पर्छ मूल्य?

images
images
images
ठूलो संख्यामा आयो भेन्यूको एसेम्बल किट : कहिलेदेखि आउँछ बजारमा, कति पर्छ मूल्य?

कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत, आयकरलगायत छुट सुविधा दिइएको छ।

images
images

काठमाडौं- दुईपांग्रेसँगै चारपांग्रे सवारीसाधन पनि नेपाल एसेम्बल हुन थालेको छ। लक्ष्मी मोटर कर्पोरेसनले गएको साउनमा दुईवटा सीकेडी ल्याएर परीक्षण गरेको थियो। उक्त परीक्षण सफल भएसँगै कर्पोरेसनले व्यवसायिक एसेम्बलका लागि ठूलो संख्यामा सीकेडी ल्याएको हो।

images
images
images

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो। लक्ष्मी मोटर कर्पोरेसन पनि यही समूहअन्तर्गतकै कम्पनी हो। कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्यूको परीक्षण उत्पादन गरिसकेको छ। 

images

दुईवटा भेन्यूको परीक्षण उत्पादन सफल भएसँगै कम्पनीले एकैपटकमा भेन्यू एसेम्बल गर्न १ सयभन्दा बढी सीकेडी किट आयात गरेको हो। हुन्डाई मोटर कर्पोरेसनले डिसेम्बर अन्तिम साता कोरियाबाट सीकेडी आयात गरेको हो। त्यस्तै कम्पनीले केही पार्टपुर्जा भारतबाट समेत ल्याउने जनाएको छ।

images

सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलियत दिँदै आएको छ। एसेम्बलका लागि ल्याइने मोटरसाइकलका पार्टपूर्जा (सीकेडी वा डीकेडी) आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र आय करलगायत अन्य सुविधाहरू सरकारले उपलब्ध गराएको छ।

images
images

त्यस्तैगरी कारको एसेम्बलमा समेत सरकारले बजेटमार्फत नै सहुलियत दिएको छ। कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत, आयकरलगायत छुट सुविधा दिएको छ।

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुट सुविधा दिएपछि लक्ष्मी समूहले हुन्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउन) पार्ट्स आयात गरेको हो। 

कर्पोरेसनले ९ सय ९८ सीसीको भेन्यू एस(ओ), ११ सय ९७ सीसीको भेन्यू एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी ठूलो संख्यामा आयात गरेको छ। एसेम्बलका लागि ल्याइएको भेन्यू पेट्रोल इन्जिनयुक्त हुन्। 

हुन्डाईका कार नेपालमै उत्पादन सुरु गर्दै लक्ष्मी समूह, आइपुग्यो पहिलो ‘सीकेडी पार्ट्स’  हुन्डाईका कार नेपालमै उत्पादन सुरु गर्दै लक्ष्मी समूह, आइपुग्यो पहिलो ‘सीकेडी पार्ट्स’ 

नवलपरासीमा छ प्लान्ट

लक्ष्मी मोटर कर्पाेरेसनले हुन्डाईका कार एसेम्बल गर्न नवलपरासीमा प्लान्ट स्थापना गरेको छ। प्लान्टको आवश्यक पूर्वाधार निर्माणको काम सकिसकेको छ। त्यस्तै कम्पनीले एसेम्बलका लागि आवश्यक मेसिन तथा इक्युपमेन्ट आयात गरेर नेपाल ल्याइसकेको छ। 

लक्ष्मी समूहले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो। नवलपरासीमा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो। लक्ष्मी समूहसँगै अन्य सवारी बिक्रेता व्यवसायिक घरानाले पनि एसेम्बल उद्योग दर्ता गरेर बसेका छन्। 

कहिलेदेखि आउँछ नेपाल एसेम्बल बजारमा?

एसेम्बल प्लान्टमा सवारी उत्पादनको लाइनअपदेखि परीक्षण उपकरणसम्म आइसकेकोले त्यसको जडान प्रक्रियामा रहेको कम्पनी स्रोतको भनाइ छ। सुरुमा दुईवटा भेन्यूको स्याम्पल परीक्षण गरिएको त्यसमा कोरियाको प्राविधिक टोली पनि नेपाल आएको थियो। 

स्याम्पल परीक्षण सफल भएपछि लक्ष्मी मोटर कर्पोरेसनले मेसिनरी इक्युपमेन्ट जडानसँगै ठूलो संख्यामा सीकेडी किट ल्याइसकेको छ। ‘मास प्रोडक्सनको पनि परीक्षण गर्ने तयारी भइरकेको छ,’ कम्पनी स्रोतले भन्यो ‘मेसिनरी इक्युपमेन्ट जडान गरेर कोरियाली टोली आएपछि औपचारिक रुपमा एसेम्बल सुरु हुनेछ।’

सबै प्रक्रिया सकेर एसेम्बल सुरु हुन फेब्रअरी अन्त्य वा मार्च लाग्ने अनुमान गरिएको छ। सुरुवाती चरणमा हुन्डाईको भेन्यू क्रसओभर कार एसेम्बल हुनेछ। त्यसपछि आवश्यकता र बजारको मागअनुसार अन्य मोडलको एसेम्बल हुने अनुमान गरिएको छ। नेपालमा एसेम्बल भएको भेन्यू मार्च वा अप्रिलसम्ममा बिक्रीकै लागि बजारमा उपलब्ध हुनेछ।

कति पर्छ मूल्य?

नेपालमै एसेम्बल भएपछि कारको मूल्य घट्नुपर्ने धेरैलाई लागेको छ, जुन स्वभाविक पनि छ। सरकारले एसेम्बल प्रयोजनका लागि ल्याइने किटमा कर छुटदेखि उद्योगको आयकरमा समेत सहुलियत दिएको छ। त्यसैले पनि नेपालमै एसेम्बल भएका सवारीको मूल्य आयातित भन्दा कम हुनुपर्ने हो। मोटरसाइकल एसेम्बलमा मूल्य कम नभएकाले कारमा पनि त्यस्तै हुने धेरैको बुझाइ छ।

तर कम्पनीले भेन्यूको नेपालमा ल्याएर एसेम्बल गर्दा कति लागत लाग्छ भन्ने यकिन नगरिसकेको जनाएको छ। हाल आयात गरेर बिक्री भइरहेको हुन्डाईको पेट्रोल भर्सनको भेन्यूको बजार मूल्य ३६ लाख ९६ हजार रुपैयाँदेखि ४५ लाख ५६ हजार रुपैयाँ तोकिएको छ। नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातितको तुलनामा ५ देखि १० प्रतिशत मूल्य कम हुने अनुमान गरिएको छ।

मोट्रेक्सले तताएको माहोल

कोरियाली कम्पनी मोट्रेक्सले २०७५ चैतमा नेपालमा कार एसेम्बल प्लान्ट खोल्ने घोषणा गरेको थियो भने २०७६ मंसिर २५ मा लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरेको थियो। मोट्रेक्सले नेपालमा सवारी एसेम्बल गर्न १० अर्ब रुपैयाँ लगानी गर्ने बताएको थियो। 

मोट्रेक्सले सुरुमा गरेको प्रस्तावअनुसार सन् २०२१ सम्ममा गाडी उत्पादन गरिसक्ने भन्ने थियो। तर २०२४ सम्म आइपुग्दा विस्तृत अध्ययनको त कुरै छाडौँ एसेम्बल उद्योग कहाँ राख्नेसम्म टुंगो लागेको छैन। लगानी बोर्डले मोट्रेक्सलाई छलफलमा आउन पटक पटक ताकेता गरेपनि नियमित छलफलसमेत हुन सकेको छैन। 

यद्यपी नेपालमा चारपांग्रे सवारी एसेम्बल गर्ने माहोल भने मोट्रेक्सले ल्याएको हो। त्यसअघि दुईपांग्रे सवारी एसेम्बल गर्ने उद्योग दर्ता भएपनि चारपांग्रेमा भने हुन सकेको थिएन। त्यसयता दुई दर्जनभन्दा बढी चारपांग्रे सवारी एसेम्बल उद्योग दर्ता भइसकेका छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका कार उत्पादन प्लान्टका लागि माग्यो ११ कर्मचारी  लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका कार उत्पादन प्लान्टका लागि माग्यो ११ कर्मचारी 

images

प्रकाशित : मंगलबार, माघ २ २०८००४:४७

प्रतिक्रिया दिनुहोस