बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका कार उत्पादन प्लान्टका लागि माग्यो ११ कर्मचारी 

मंगलबार, भदौ १९ २०८०
लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका कार उत्पादन प्लान्टका लागि माग्यो ११ कर्मचारी 

त्यस्तै कम्पनीले मेन लाइन इन चार्ज पदमा दुई जना र टेक्निसियन पाँच जना मागेको छ। सबै पदका लागि न्यूनतम शैक्षिक योग्यता र कामको अनुभव तोकिएको छ। 

काठमाडौं- हुन्डाईका कार नेपालमै एसेम्बल गर्न सीकेडी आयात सुरु गरेको लक्ष्मी इन्टरकन्टिनेन्टलले परासीमा स्थापना हुने प्लान्टका लागि कर्मचारी माग गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार एक सूचना जारी गर्दै एसेम्बल प्लान्टका लागि ११ जना कर्मचारी मागेको हो। 

लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक जना अकाउन्ट/फाइनान्स अफिसर, एक जना एडमिट अफिसर, एक जना मटेरियल ह्यान्डलिङ अफिसर मागेको हो। त्यस्तै कम्पनीले मेन लाइन इन चार्ज पदमा दुई जना र टेक्निसियन पाँच जना मागेको छ। सबै पदका लागि न्यूनतम शैक्षिक योग्यता र कामको अनुभव तोकिएको छ। 

सबै पदमा काम गर्न चाहनेको काम गर्ने स्थान पसारीमा हुनेछ। ती कर्मचारी प्रत्यक्ष रुपमा लक्ष्मी मोटर कर्पोरेसन प्रालिमा आवद्ध हुनेछन्। 

इच्छुक योग्या व्यक्तिले इमोल मार्फत आवेदन दिन सक्नेछन्। 

लक्ष्मी समूह अन्तर्गतकै लक्ष्मी मोटर कर्पोरेनस प्रालिमार्फत साउनमा परीणका लागि भन्दै दुई वटा एसेम्बल किट आयात भएको थियो। हुन्डाईका कार नेपालमै एसेम्बलका लागि साउन दोस्रो साता सीकेडी (कम्प्लिटली नक्ड डाउन) पाट्र्स आयात गरेको थियो। 

लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसन प्रालिले परीक्षण प्रयोजनका लागि पहिलोपटक सीकेडी पाट्र्स ल्याएको हो। लक्ष्मी मोटर कर्पोरेसनले भारतको तामिलनाडूमा रहेको ग्लोविस इन्डिया प्रालिसँग हुन्डाई भेन्यूका दुई भेरियन्टको सीकेडी पार्टस ल्याएको हो। कर्पोरेसनले भेन्यू एस(ओ) १.० काप्पा डीसीटीरक्यूएक्सआई र भेन्यू एसएक्स १.२ काप्पा एमटीरक्यूएक्सआई गरि दुई मोडलको सीकेडी पाट्र्स साउन दास्रो साता नेपाल भित्रिएको थियो। 

परीक्षणका लागि लक्ष्मी मोटर कर्पोरेसनले ल्याएको १ हजार सीसी र १२ सय सीसीको भेन्यू (पेट्रोल इन्जिन)का ५ सय १४ आइटम्स र १ हजार ३ सय ४७ पिस रहेका छन्। भारतमा बनेको उक्त सीकेडी पाट्र्स हुन्डाई मोटर इन्डिया लिमिटेडले उत्पादन गरेको हो भने लक्ष्मी मोटर कर्पोरेसनलाई ग्लोभिस इन्डिया प्रालिले निर्यात गरेको हो। 

अहिले नवलपरासीमा लक्ष्मी मोटर कर्पोरेसनले एसेम्बल प्लान्टका लागि आवश्यक पूर्वाधार निर्माणको काम तीव्र गतिमा गरिरहेको छ। त्यस्तै कम्पनीले एसेम्बलका लागि आवश्यक मेसिन तथा इक्युपमेन्ट आयातको कम पनि गरिरहेको र त्यही प्रक्रिया अन्तर्गत दुईवटा सीकेडी पाट्र्स ल्याएको हो। योसँगै कम्पनीले एसेम्बल प्लान्टका लागि कर्मचारीसमेत मागेको छ। 

आगामी डिसेम्बरमा दक्षिण कोरिया र भारतबाट हुन्डाईको टोली नेपाल आउने छ र संरचना निर्माणदेखि मेसिनरी जुटाएर तयार पारेपछि २०२४ को जनवरीमा एसेम्बल प्लान्टको परीक्षण सुरु गर्ने योजना रहेको कम्प्नीले जनाएको छ। 

सुरुवाती चरणमा हुन्डाईको भेन्यू क्रसओभर कार एसेम्बल हुनेछ। त्यसपछि आवश्यकता र बजारको मागअनुसार अन्य मोडलको एसेम्बल हुने अनुमान गरिएको छ। 

लक्ष्मी समूहले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो। नवलपरासीमा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पाेरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो। 

लक्ष्मी समूहसँगै अन्य सवारी बिक्रेता व्यवसायिक घरानाले पनि एसेम्बल उद्योग दर्ता गरेर बसेका छन्। उनीहरूले हालसम्म एसेम्बलमा जाने प्रक्रिया भने सुरु गरेका छैनन्।


प्रकाशित : मंगलबार, भदौ १९ २०८००२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend