आइतबार, वैशाख १६ गते २०८१    
images
images

भन्सारले छली गरेको कर र जरिबाना तिराएको बीवाईडी बिक्रेता साइमेक्स भन्छ - भ्रम छरियो

images
images
images
भन्सारले छली गरेको कर र जरिबाना तिराएको बीवाईडी बिक्रेता साइमेक्स भन्छ - भ्रम छरियो

भन्सारको पाटोबाट छली भएको कर तथा जरिबाना असुल गर्ने निर्णय भइसकेकाले अन्य पक्षको अनुसन्धानका लागि राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभाग आकर्षित भएको छ।

images
images

काठमाडौं- चिनियाँ सवारी उत्पादन कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले छली भएको कर र जरिबाना तिराउने भन्सारको पत्र बुझिसकेको छ। बिजनेस न्युजमा तथ्यसहित समाचारआएपछि सोही आधारमा भन्सार विभागअन्तर्गतको भन्सार जाँचपास परीक्षण कार्यालयले अनुसन्धान गरेर करछली भएको ठहर गरेको थियो। 

images
images
images

जाँचपास परीक्षण कार्यालयले करछली गर्ने बीवाईडी बिक्रेता साइमेक्सलाई मंसिर अन्तिम साता नै करछली गरेको प्रारम्भिक पत्र पठाएको थियो। उक्त पत्र बुझेर साइमेक्सले जवाफ दिएको थियो। साइमेक्सको जवाफ चित्तबुझ्दो नभएपछि कार्यालयले पुस दोस्रो सातासम्म आइपुग्दा छली भएको कर र जरिबाना तिर्नैपर्ने निर्णय गरेर साइमेक्सलाई अन्तिम पत्र पठाइसकेको छ। 

images

भन्सार विभागअन्तर्गतको भन्सार जाँचपास परीक्षण कार्यालयले गरेको अनुसन्धानबाट साइमेक्सले बीवाईडीको कार आयात गर्दा करछली गरेको पुष्टि भएपछि छली भएको कर र जरिबानासमेत भराउन साइमेक्सलाई पत्र पठाइसकेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए।

images

‘भन्सारले गरेको अनुसन्धानबाट करछली भएको प्रमाणित भएपछि बीवाईडी आयातकर्ता साइमेक्सबारे करछलीका अन्य पाटोहरूको थप अनुसन्धानका लागि हामीले दुई निकाय आईआरडी र डीआरआईलाई भनेका छौँ,’ पौडेलले भने।

images
images

भन्सारको पाटोबाट छली भएको कर तथा जरिबाना असुल गर्ने निर्णय भइसकेकाले अन्य पक्षको अनुसन्धानका लागि राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभाग आकर्षित भएको उनको भनाइ छ।

साइमेक्सले बीवाईडीले उत्पादन गरेको ई सिक्स विद्युतीय कार १० हजार डलरमा ल्याएर ५० लाख अधिकतम खुद्राबिक्री मूल्य राखेर बिक्री गरेको सामाचार बिजनेस न्युजले २०७९ पुस १२ गते प्रकाशित गरेको थियो। त्यसयता बीवाईडी बिक्रेता साइमेक्स इंकले गरेका अन्य कर्तुतबारेका समाचार बिजनेस न्युजमा निरन्तर प्रकाशित हुँदै आएको छ। 

साइमेक्सले विद्युतीय सवारीमा सरकारले दिएको कर सहुलियतको दुरुपयोग गर्दै अन्डर इन्भोइस गरेर ई सिक्स ल्याएर एउटै कारमा २८ लाख रुपैयाँ नाफा राखेर बिक्री गरेको थियो। बीपाईडीको दबमासीबारे भन्सार विभागले कारबाही गरेपनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अझै कारबाही गरेको छैन।

बीवाईडी बिक्रेता साइमेक्सले २०१५ मा बनेको ई सिक्स २०२१ मा १० हजार डलरमा ल्याएको थियो। यो कारमा अकुत नाफा खान साइमेक्सले हुँदै नहुने खर्च विवरण भन्सार कार्यालयमा पेश गरेको थियो। 

यी हुन् हुँदै नहुने तर साइमेक्सले देखाएको खर्च विवरण 

- ‘प्रोभिजन फर एक्सचेन्ज रेट फ्लक्चुएसन’ शीर्षकमा १ लाख २० हजार रुपैयाँ

- वायरहाउस चार्ज (ल्हासा) शीर्षकमा २ लाख २० हजार रुपैयाँ

- फ्रि एक्सेसरिज/होमचार्जर शीर्षकमा ७ लाख रुपैयाँ

खर्च हुने तर अत्याधिक खर्च देखाइएका शीर्षक

- रोड फ्रेट तथा बीमा ४ लाख ८५ हजार (लाग्ने औषत २ लाख रुपैयाँ) 

- रसुवा क्लियरेन्स र रसुवा-केटीएम भाडा र बीमा १ लाख ५० हजार रुपैयाँ (लाग्ने अधिकतम २५/५० हजार रुपैयाँ)

- डिलर कमिसन ५ लाख रुपैयाँ (आधिकारिक बिक्रेता साइमेक्सले नै बिजक जारी गरेको तर कमिसन देखाइएको)

- बैंकको ब्याजदर २४० दिनका लागि १२ प्रतिशत बापत १ लाख ६४ हजार ८ सय १ रुपैयाँ

- पीडीआई आफ्टर सेल्स, सर्भर, वारेन्टी र मर्मत खर्च १ लाख २५ हजार रुपैयाँ 

- डेस्टुफिङ एन्ड अनलोडिङ कस्ट ५० हजार रुपैयाँ

हुनेभन्दा बढी खर्च देखाइएको र खर्च नै नहुने रकमलाई खर्च भएको भनी मूल्य निर्धारण गरिकाले बीवाईडी ई सिक्सको मूल्य ५० लाख रुपैयाँ पुगेको हो।

सामान्य खर्च (अन्य कम्पनीको कार आयात गर्दासरह) देखाएर आयात गरिएको अवस्थामा बीवाईडी ई सिक्समा २२ लाख २६ हजार रुपैयाँमा २ लाख अन्य खर्च लाग्ने र नाफासहित यो कारको मूल्य ३०/३२ लाख रुपैयाँ कायम गरिएको थियो भने स्वभाविक हुने थियो।

साथै उपभोक्ताले समेत उचित मूल्यमा विद्युतीय कार चढ्ने अवसर पाउँथे। तर साइमेक्सले अस्वभाविक खर्च देखाएर अकुत नाफा आर्जन गरेर उपभोक्ताको अधिकारमाथि खेलबाड गर्दा वाणिज्य विभाग मौन हुनु स्वभाविक नभएको व्यवसायीहरू बताउँछन्। 

‘१० हजार डलरमा किनेको कारको रसुवागढीसम्म ल्याउने भाडा मूल्यको करिब आधा नै पैसा लाग्ने भन्ने हुँदैन,’ चीनबाटै कार आयात गर्दै आएका एक आधिकारिक बिक्रेताका प्रतिनिधिले भने, ‘यो सस्तोमा कार पाएकाले ई सिक्सको बिक्री मूल्य ५० लाख रुपैयाँलाई जस्टिफाइ भएको देखाउन भाडा र बीमाबाटै लाग्ने भन्दा बढी खर्च देखाइएको रहेछ।’ आफूले तिरेको भाडा रकम २ लाख भए पनि भन्सारमा देखाउँदा करिब ५ लाख देखाएपछि त्यसको लागत बढेको देखिन्छ। 

वास्तविक अर्थमा केही कर बढी पर्ने र अन्तिम मूल्य उपभोक्ताले नै तिर्ने हो। जसले गर्दा आयातकर्तालाई ‘वैधानिक चोरीको बाटो’बाट फाइदा बढी हुन्छ। ‘हो, यही ‘वैधानिक चोरीको बाटो’ बीवाईडी आयातकर्ता साइमेक्सले अपनाएको थियो’ ती प्रतिनिधिले थपे। 

यतिमात्र होइन साइमेक्सले गत वर्ष स्थानीय डिलरहरूमाथि समेत ज्यादती गरेको थियो। सामान्यतः नेपाली आधिकारिक बिक्रेताहरूले केही लाख रुपैयाँ सुरुमा डिलरहरूबाट डिपोजिट लिने र एक वर्षभन्दा कम समयमा सो रकम डिलरलाई दिने सामानमा मिलान गर्ने गरेका छन्। 

बीवाईडी बिक्रेता साइमेक्स इंकले भने एउटा स्थानीय डिलरसँग ५० लाख रुपैयाँ धरौटीका रुपमा अनिवार्य राख्ने पर्ने नियम बनाएको थियो। यसरी डिलर बनेबापत दिएको ५० लाख धरौटी डिलर छाडेपछि मात्र दिने व्यवस्था साइमेक्सले गरेको थियो। सोही कारण गत वर्ष साइमेक्सका कारण धेरैले बीवाईडीको डिलर छाडेका थिए। 

साइमेक्ससँग बुटवलमा बीवाईडीका कार बिक्री गर्ने गरि सम्झौता गरेको जारा मोटर्सले पनि ५० लाख रुपैयाँ धरौटी बुझाएको थियो। धरौटी रकम बुझाएर शोरुम बनाएर गाडी बिक्री गर्न लोकल एसली खोल्दासमेत साइमेक्सले कार चाहिने भए नगद रकम नदिएसम्म कार नदिएको जारा मोटर्सले बिजनेस न्युजलाई बताएको थियो।

‘कार लिएर बिक्री गर्नका लागि १० करोडको एलसी पास गरेर पठाउँदा पनि साइमेक्सले २ वटा कारका लागि नगद चाहिने भनेर १ करोड रुपैयाँ मागेको थियो,’ जारा मोटर्सका प्रबन्ध निर्देशक अमित पौडेलले गत वर्ष भनेका थिए, ‘त्यसरी पैसा पठाउँदा समेत कार दिन महिनौँ लगाउने गरेको नमीठो अनुभव पनि गरियो।’

त्यति ठूलो ब्रान्डको आधिकारिक बिक्रेता रहेको कम्पनी साइमेक्स र त्यसमा सञ्चालकहरूको रबैया देखेर र व्यवसाय गर्दा अपनाउनु पर्ने सामान्य ‘व्यवसायिक व्यवहार’ पनि नदेखाएकाले आफूले बीवाईडीको बुटवल डिलर छाडेको पौडेलको भनाइ थियो।

बीवाईडीको कार आयातमा छली भएको र र जरिबाना तिराउने निर्णय भन्सार विभागले गरेर थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागलाई पत्र काटिसकेको छ। यतिमात्र होइन बीवाईडीकै संलग्नतामा साइमेक्सले एटो थ्री कारमा समेत करछली गरिरहेको छ। यसबारेमा समेत बिजनेस न्युजले केही समयअघि समाचार प्रकाशित गरेको थियो। यसबारेमा पनि भन्सार विभागले अनुसन्धान सुरु गरिसकेको जनाएको छ। 

बीवाईडी बिक्रेता साइमेक्सले करछली गरेकोबारे बिजनेस न्युजले तथ्य र प्रमाणसहित समाचार प्रकाशित गरेको छ। त्यसमा भन्सार विभागले करछली परेको पुष्टि गर्दै जरिबानासमेत तिराउने पत्र बुझेर पनि साइमेक्सले भने समाचारले भ्रम सृजना गरेको बताउँदै खण्डन गर्नुपर्ने जनाएको छ।

बीवाईडीमा साइमेक्सको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 

images

प्रकाशित : बुधबार, पुस २५ २०८००५:२४
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस